एमाले पालिका अधिबेशन : दमकमा गेहनाथ अध्यक्ष

damak emale

 

दमक/
नेकपा एमाले दमक नगर कमिटीको प्रथम अधिवेशनबाट गेहनाथ  पोखरेल अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । मंगलबार सम्पन्न अधिबेशनले अध्यक्षमा पोखरेल सहित उपाध्यक्षमा मेदनी खरेल , सचिवमा इन्द्र गुरुङ सर्वसम्मत चयन हुनु भएको छ ।

यता उप सचिवमा भने २ जनामात्रको सिटमा ४ जनाको मनोनयन परेको छ । शन्तोष दुलाल, सिता कार्की, उर्मीला पाण्डे र यमुना गौतमले मनोनय गराउनु भएको छ ।

योसँगै देशभरका पालिकाहरुको अधिवेशन आज भइरहेको छ ।

बाढि पहिरो प्रभावित क्षेत्रमा भने केहि पर सारिएको नेकपा एमालेले जनाएको छ ।

पार्टीको नयाँ विधानबमोजिम गाउँ/ नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दसौँ महाधिवेशन चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित