एमाले पालिका अधिबेशन : दमकमा गेहनाथ अध्यक्ष

 

दमक/
नेकपा एमाले दमक नगर कमिटीको प्रथम अधिवेशनबाट गेहनाथ  पोखरेल अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । मंगलबार सम्पन्न अधिबेशनले अध्यक्षमा पोखरेल सहित उपाध्यक्षमा मेदनी खरेल , सचिवमा इन्द्र गुरुङ सर्वसम्मत चयन हुनु भएको छ ।

यता उप सचिवमा भने २ जनामात्रको सिटमा ४ जनाको मनोनयन परेको छ । शन्तोष दुलाल, सिता कार्की, उर्मीला पाण्डे र यमुना गौतमले मनोनय गराउनु भएको छ ।

योसँगै देशभरका पालिकाहरुको अधिवेशन आज भइरहेको छ ।

बाढि पहिरो प्रभावित क्षेत्रमा भने केहि पर सारिएको नेकपा एमालेले जनाएको छ ।

पार्टीको नयाँ विधानबमोजिम गाउँ/ नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दसौँ महाधिवेशन चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा

बाढीले वेत्रावती र सोले बजारमा ठूलो क्षति, स्कुल बस सम्पर्क विहीन

काठमान्डौ,१० भदौ ।भोटेकोसीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रका वेत्रावती र सोले बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल

अप्रत्याशित बाढीमा सरकारको सकृयता कस्तो?

काठमाडौ , १० भदौ | रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सरकारी संयन्त्रलाई परिचालन गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा