काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा रहेको घरहरु बाढीले बगाएको छ ।रसुवास्थित नेपाल–चीन सिमाना स्थित रसुवागढी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू सम्पर्कविहीन भएका छन् । रसुवागढी हुँदै टिमुरे क्षेत्रका ३ वटा प्रहरी युनिटमा कार्यरत १६ जना प्रहरी सम्पर्कबिहिन् भएको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले बताउनु भयो।
प्रहरी चौकी रसुवागढीमा असईको कमान्डमा ९ जना प्रहरी कार्यरत थिए । प्रहरी चौकी स्याफ्रुवेशीमा पनि असईको कमान्डमा ९ जना प्रहरी कर्मचारी कार्यरत थिए । इलाका प्रहरी कार्यालय टिमुरेमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी कर्मचारी कार्यरत छन् ।








