प्रेस चौतारी झापाद्धारा पत्रिका वितरकलाई साईकल वितरण

दमक/

प्रेस चौतारी झापाले एकजना पत्रिका वितरकलाई साईकल वितरण गरेको छ । दमकमा एक दशक बढिदेखी नियमती रुपमा विभिन्न पत्र-पत्रिका वितरण तथा सडक सडकमा हिडेर पत्रिका बिक्रि गर्ने दमक १० निवासी माधव घिमिरे(मेदनी)लाई साईकल वितरण गरिएको हो ।

दमकमा रहेका सक्रिय विभिन्न पत्रकारद्धारा संकलीत रकमबाट घिमिरेलाई साईकल खरिद गरिदिएको प्रेस चौतारी झापाका उपाध्यक्ष मनकुमार गदालाले जानकारी दिनुभयो ।

झापाका बरिष्ठ पत्रकार तथा पुर्व सन्देश दैनिकका प्रधान सम्पादक तथा प्रकाशक गञ्ज दाहालले लामो समयदेखी निकै मिहनत र सघर्ष गरेर घिमिरेले पत्रिका वितरण गर्दै आएको उल्लेख गर्नुभयो ।

घिमिरेको कामलाई थप सहज होस भन्न साईकल वितरण गरिएको दाहालले बताउनु भयो ।

प्रेस चौतारी झापाले आगामी दिनमा प्रेसजन्य क्षेत्रमा सकृय भएर लागी परेर काम गर्नेहरुलाई सम्मान र हौसाला बढाउन अन्य कार्यक्रमहरु पनि निरन्तर गर्ने अध्यक्ष टिकाराम उप्रेतीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा