नेकपा एमाले १० औ महाधिबेसन : विराटनगरका गुरु बराल सचिव पदको उम्मेद्वार

guru baral

बिराटनगर/

नेकपा एमालेको आसन्न दशौ महाधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य गुरु वरालले सचिव पदमा उमेद्ववारी दिने घोषणा गर्नुभएको छ ।

नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा ४५ बर्ष लामो अनुभव भएका नेता वरालले सचिव पदमा उमेद्ववारी दिने हुनुभएको हो । उहाँ २०४९ सालको पाँचौ महाधिवेशन देखि निरन्तर केन्द्रीय कमिटिमा हुनुहुन्छ । उहाँले कोशी अंचल इन्र्चाज र केन्द्रीय संगठन विभागको सदस्यका रुपमा कुशलतापूर्वक भूमिका निर्वाह गरिसक्नुभएको छ । अहिले उहाँ नेकपा एमालेको राजकीय मामिला विभागको प्रमुख हुनुहुन्छ ।

नेता वराल जननेता मदन भण्डारीको प्रत्यक्ष नेतृत्वमा १७ बर्षको राजनीतिक दिक्षाले जवजको शैद्धान्तिक तथा वैचारिक निखार भएको नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँ विकास राजनीतिमा विशेष दख्खल राख्नुहुन्छ । विकास राजनीतिको कार्यमूलक नीति अनुसन्धानमा निरन्तर कृयाशिल रहनुभएको छ ।


उहाँकै नेतृत्वमा मोरङ उर्लावारीमा मदन भण्डारी संग्राहलय संचालित छ । नेता वराल जननेता भण्डारीका शैधान्तिक,राजनीतिक दस्तावेजहरुको संरक्षण तथा प्रकाशनका साथै नेपाली कम्युनिष्ट आन्दोलनका दस्तावेजहरुको विद्युतीय संरक्षण कार्यमा संलग्न हुनुहुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको