नेकपा एमाले १० औ महाधिबेसन : विराटनगरका गुरु बराल सचिव पदको उम्मेद्वार

बिराटनगर/

नेकपा एमालेको आसन्न दशौ महाधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य गुरु वरालले सचिव पदमा उमेद्ववारी दिने घोषणा गर्नुभएको छ ।

नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा ४५ बर्ष लामो अनुभव भएका नेता वरालले सचिव पदमा उमेद्ववारी दिने हुनुभएको हो । उहाँ २०४९ सालको पाँचौ महाधिवेशन देखि निरन्तर केन्द्रीय कमिटिमा हुनुहुन्छ । उहाँले कोशी अंचल इन्र्चाज र केन्द्रीय संगठन विभागको सदस्यका रुपमा कुशलतापूर्वक भूमिका निर्वाह गरिसक्नुभएको छ । अहिले उहाँ नेकपा एमालेको राजकीय मामिला विभागको प्रमुख हुनुहुन्छ ।

नेता वराल जननेता मदन भण्डारीको प्रत्यक्ष नेतृत्वमा १७ बर्षको राजनीतिक दिक्षाले जवजको शैद्धान्तिक तथा वैचारिक निखार भएको नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँ विकास राजनीतिमा विशेष दख्खल राख्नुहुन्छ । विकास राजनीतिको कार्यमूलक नीति अनुसन्धानमा निरन्तर कृयाशिल रहनुभएको छ ।


उहाँकै नेतृत्वमा मोरङ उर्लावारीमा मदन भण्डारी संग्राहलय संचालित छ । नेता वराल जननेता भण्डारीका शैधान्तिक,राजनीतिक दस्तावेजहरुको संरक्षण तथा प्रकाशनका साथै नेपाली कम्युनिष्ट आन्दोलनका दस्तावेजहरुको विद्युतीय संरक्षण कार्यमा संलग्न हुनुहुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले