घिमिरेको उपाध्यक्षमा आकंक्षा

नेकपा एमाले १० औ महाधिवेशन : ‘नेतृत्वले बुझ्ने छ , म उपाध्यक्षमा कावुल छु भन्ने’ : घिमिरे

devraj

दमक/
नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले आसन्न महाधिवेशनमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ । मंसिर १० देखी १२ गते सम्म चितवनमा हुन लागेको १० औ महाधिवेशनमा घिमिरेले केन्द्रिय उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गर्नु भएको हो । अहिले सम्मको पार्टिमा पुर्याएको योगदान र त्यागले पनि आफु उपाध्यक्षको जिम्मेवार सम्हाल्न सक्ने बने भन्ने भएर यो पदमा आफुले उम्मेद्वारी दिएको उहाँले बताउनु भयो ।

उज्यालो खवरले तपार्इँको उम्मेदवारी केका लागि ? भनेर सोधेको प्रश्नमा घिमिरेले ‘२०३१ सालमा झापा विद्रोह पछि अपिल प्रसारणको लाईनको सम्पर्कमा रहेर सेरको काम गरेको , २०३२ सालमा केन्द्रिय कमिटीको सह-संयोजन केन्द्र बनेपछि विद्यार्थी क्षेत्रमा काम गरेको, २०३२ सालमा क्याम्पस बहिस्कार गर्दै गाउँ फर्किर पार्टिमा निरन्तर काम गरेको, २०३६ साल देखी २०४६ साल सम्म भूमिगत भएर काम गरेको ’बताउनु भयो ।

यस्तै माले कालको दोस्रो राष्ट्रिय भेला विस्तारित बैठक हुँदै मालेको चौथो महाधिबेसनको प्रतिनिध बनेर पनि काम गरेको उहाँले उल्लेख गर्नु भयो । २०४९ सालको पाँचौ राष्ट्रिय महाधिबेसनबाट केन्द्रिय सदस्य रहि अहिले सम्म काम गरेको समेत उहाँले उल्लेद गर्नु भयो ।

पार्टिले जहाँ जे जे जिम्मेवारी दिएर खटाएको छ त्यहाँ इमान्दारसाथ विवाद रहित सबै साथीहरुलाई मिलाएर काम गर्ने क्षमता पनि आफुसँग भएकोले अव पदाधिकारीमै जानु पर्छ भन्ने समकालीन साथैहरुकै सुझावबाट आफुले उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको घिमिरेले स्पष्ट पार्नु भएको छ ।

‘त्याग, समर्पण, निष्ठा र इमान्दारिताको निरन्तर्ताका लागि ’आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँको भनाई छ ।
पार्टिको संसोधित विधान अनुसार एक जना बरिष्ठ उपाध्यक्ष बाहेक अन्य ४ जना खुल्ला रुपमा उपाध्यक्षमा चयन हुने छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन