घिमिरेको उपाध्यक्षमा आकंक्षा

नेकपा एमाले १० औ महाधिवेशन : ‘नेतृत्वले बुझ्ने छ , म उपाध्यक्षमा कावुल छु भन्ने’ : घिमिरे

दमक/
नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले आसन्न महाधिवेशनमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ । मंसिर १० देखी १२ गते सम्म चितवनमा हुन लागेको १० औ महाधिवेशनमा घिमिरेले केन्द्रिय उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गर्नु भएको हो । अहिले सम्मको पार्टिमा पुर्याएको योगदान र त्यागले पनि आफु उपाध्यक्षको जिम्मेवार सम्हाल्न सक्ने बने भन्ने भएर यो पदमा आफुले उम्मेद्वारी दिएको उहाँले बताउनु भयो ।

उज्यालो खवरले तपार्इँको उम्मेदवारी केका लागि ? भनेर सोधेको प्रश्नमा घिमिरेले ‘२०३१ सालमा झापा विद्रोह पछि अपिल प्रसारणको लाईनको सम्पर्कमा रहेर सेरको काम गरेको , २०३२ सालमा केन्द्रिय कमिटीको सह-संयोजन केन्द्र बनेपछि विद्यार्थी क्षेत्रमा काम गरेको, २०३२ सालमा क्याम्पस बहिस्कार गर्दै गाउँ फर्किर पार्टिमा निरन्तर काम गरेको, २०३६ साल देखी २०४६ साल सम्म भूमिगत भएर काम गरेको ’बताउनु भयो ।

यस्तै माले कालको दोस्रो राष्ट्रिय भेला विस्तारित बैठक हुँदै मालेको चौथो महाधिबेसनको प्रतिनिध बनेर पनि काम गरेको उहाँले उल्लेख गर्नु भयो । २०४९ सालको पाँचौ राष्ट्रिय महाधिबेसनबाट केन्द्रिय सदस्य रहि अहिले सम्म काम गरेको समेत उहाँले उल्लेद गर्नु भयो ।

पार्टिले जहाँ जे जे जिम्मेवारी दिएर खटाएको छ त्यहाँ इमान्दारसाथ विवाद रहित सबै साथीहरुलाई मिलाएर काम गर्ने क्षमता पनि आफुसँग भएकोले अव पदाधिकारीमै जानु पर्छ भन्ने समकालीन साथैहरुकै सुझावबाट आफुले उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको घिमिरेले स्पष्ट पार्नु भएको छ ।

‘त्याग, समर्पण, निष्ठा र इमान्दारिताको निरन्तर्ताका लागि ’आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँको भनाई छ ।
पार्टिको संसोधित विधान अनुसार एक जना बरिष्ठ उपाध्यक्ष बाहेक अन्य ४ जना खुल्ला रुपमा उपाध्यक्षमा चयन हुने छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं,६ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह