दमक/
झापाको दमक ५ मा रहेको श्री धनेस्वर महादेव पाञ्चायन मन्दिरको उत्तरपट्टि यो वर्षपनि सप्ताह पुराण लाग्ने भएको छ । दशौ अनुष्ठान अन्तर्गत यहि मंसिर ११ गते देखी १७ गते सम्म श्रीमद् वराह महापूराण ज्ञान महायज्ञको आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रुद्र कार्कीले जानकारी दिनुभयो ।
यो वर्षको प्रशिद्ध कथाावाचक भागवत भूषण उदयनाथ दाहाल शास्त्रीज्यू साथै उप वाचक पं. मनिस पोखरेलज्यूको मुखारबृन्द तथा भजन गायक लक्ष्मण बास्तोलाको टोलीका साथमा संगीतमय महायज्ञ हुने जनाइएको छ । मन्दिर परिषरलाई दमककै उत्कृष्ट धार्मिक पर्यटकिय स्थल बनाउने लक्ष्यका साथ यो मन्दिरले विगात ९ वर्ष देखि विभिन्न प्रकारका महापुराणहरु गर्दै आएको छ । यस पुराणबाट संकलन भएको भेटि तथा दानबाट संकलन भएको रकमले यहाँ निर्मित सभाहल तथा भवन निर्माणको काम भइरहेको छ ।
कोभिड १९ को प्रकोपका कारण २ वर्ष देखी रोकिएको पुराण लगाउनेक कार्यक्रम यो वर्ष चाहि केहि सहज भएको र अधिकांसले यसका विरुद्धमा खोप समेत लगाएकोले पुराण सुरक्षीत हुनेमा आयोजक समिती ढुक्क छ । मन्दिरले अघिल्लो पटकनै घोषणा गरेको प्रदेश १ कै सबैभन्दा अग्लो शिवको प्रतिमालाई यो वर्ष पनि निर्माण गर्ने घोषणा गरिएको छ ।
कोभिडका कारण सबै योजनाहरु अलपत्र परेका कारणले यो यजना पनि यस्तै भएको अध्यक्ष कार्कीको भनाई छ । प्रदेश १ सरकारले समेत योजनामा पारेर बजेट नै बिनियोजन गराएको भएपनि कोरोनाकै कारण त्यो योजना हटेकोले उहाँले स्पष्ट पार्नु भएको छ । दमकमा प्रदेश १ कै सबै भन्दा अग्लो शिवको प्रतिमा बनेमा दमक धार्मिक पर्यटकीय क्षेत्रमा एक गन्तव्य बन्ने मन्दिरको दावी छ ।