माधव नेपाल दमक आउँदै

केपि ओलीको गृहनगरमा माधव नेपालले शक्ति प्रदर्शन गर्ने

khelkud-mahasangh-saajwadi-

दमक/
झापामा एमालेमा कुनै विवाद छैन । पहिलाका सबै एमालेहरु एकजुट छन् । समाजवादीमा कोहि पनि छैनन् भनेर प्रचार गरिएको भन्दै नेकपा एकिकृत समाजवादी पार्टिले एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृह नगरमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टिको खेलकुद सम्बन्धीको पार्टि सघंठन नेपाल खेलकुद महासघं (समाजवादी)को प्रदेश १ को भेला माफर्त पार्टिले दमकमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विषेश गरेर झापामा पनि शशक्त रुपमा समाजवादीका नेता तथा समर्थकहरु छन् भन्ने कुरा एमाले अध्यक्ष केपी ओलीलाई देखाउँनैका लागि दमकमा भेलाको आयोजना गरिएको आईतबार खेलकुद महासघंले भेलाको तयारीका बारेमा जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा जनाइएको छ ।

सघंका प्रदेश १ इन्चार्ज हंसराज वाग्लेले भेलाको तयारीका बारेमा जानकारी दिने क्रममा यो पार्टिको पनि शक्ति प्रदर्शन हुने बताउनु भयो । यस्तै यहि कुरा पार्टिका प्रदेश १ कमिटीका सदस्य केन्द्र प्रसाईले पनि पुष्टि गर्नु भयो । उहाँले ओलीकै गृहनगरबाट झापा सहित प्रदेश १ मा समाजवादीका समर्थक कती छन् भन्ने कुराको सन्देश दिन पनि यो कार्यक्रम दमकमा आयोजना गरिएको बताउनु भयो ।

सोमबार पार्टि अध्यक्ष माधव कुमार नेपालले भेलाको सम्बोधन गर्नु हुने कार्यक्रम छ । साथै पार्टिका अन्य शिर्षक नेताहरुका साथै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको पनि उपस्थित रहेने जनाइएको छ ।

प्रदेश १ भरीका १४ जिल्लाबाट प्रतिनिधित्व हुने गरि १ हजार २ सयको हाराहारीमा खेलाडीको उपस्थित हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

कार्यक्रममा मुुलभुत रुपमा खेलको विकास र प्रवर्धनका बारेमा पनि छलफल हुने जनाइएको छ ।

खेल क्षेत्रलाई अहिले सम्म राजनिती गर्ने क्षेत्र मात्र बनाइएको भन्दै यो क्षेत्रको विकास र प्रवर्धन गर्नकालागि बेल्लै मन्त्रालय बनाउने माग समेत गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित