माधव नेपाल दमक आउँदै

केपि ओलीको गृहनगरमा माधव नेपालले शक्ति प्रदर्शन गर्ने

दमक/
झापामा एमालेमा कुनै विवाद छैन । पहिलाका सबै एमालेहरु एकजुट छन् । समाजवादीमा कोहि पनि छैनन् भनेर प्रचार गरिएको भन्दै नेकपा एकिकृत समाजवादी पार्टिले एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृह नगरमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टिको खेलकुद सम्बन्धीको पार्टि सघंठन नेपाल खेलकुद महासघं (समाजवादी)को प्रदेश १ को भेला माफर्त पार्टिले दमकमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विषेश गरेर झापामा पनि शशक्त रुपमा समाजवादीका नेता तथा समर्थकहरु छन् भन्ने कुरा एमाले अध्यक्ष केपी ओलीलाई देखाउँनैका लागि दमकमा भेलाको आयोजना गरिएको आईतबार खेलकुद महासघंले भेलाको तयारीका बारेमा जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा जनाइएको छ ।

सघंका प्रदेश १ इन्चार्ज हंसराज वाग्लेले भेलाको तयारीका बारेमा जानकारी दिने क्रममा यो पार्टिको पनि शक्ति प्रदर्शन हुने बताउनु भयो । यस्तै यहि कुरा पार्टिका प्रदेश १ कमिटीका सदस्य केन्द्र प्रसाईले पनि पुष्टि गर्नु भयो । उहाँले ओलीकै गृहनगरबाट झापा सहित प्रदेश १ मा समाजवादीका समर्थक कती छन् भन्ने कुराको सन्देश दिन पनि यो कार्यक्रम दमकमा आयोजना गरिएको बताउनु भयो ।

सोमबार पार्टि अध्यक्ष माधव कुमार नेपालले भेलाको सम्बोधन गर्नु हुने कार्यक्रम छ । साथै पार्टिका अन्य शिर्षक नेताहरुका साथै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको पनि उपस्थित रहेने जनाइएको छ ।

प्रदेश १ भरीका १४ जिल्लाबाट प्रतिनिधित्व हुने गरि १ हजार २ सयको हाराहारीमा खेलाडीको उपस्थित हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

कार्यक्रममा मुुलभुत रुपमा खेलको विकास र प्रवर्धनका बारेमा पनि छलफल हुने जनाइएको छ ।

खेल क्षेत्रलाई अहिले सम्म राजनिती गर्ने क्षेत्र मात्र बनाइएको भन्दै यो क्षेत्रको विकास र प्रवर्धन गर्नकालागि बेल्लै मन्त्रालय बनाउने माग समेत गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।