दमक/
खासमा को हुन यूवा ? यो प्रश्न हामीले दमकका एक यूवा उद्यमी भनेर पहिचान बनाउँदै गर्नु भएका सुयोग खरेललाई गर्यौ ।‘अन्तराष्ट्रिय मापदण्ड अनुसार उमेरले जो १८ देखी ४० वर्ष बिचमा हुनुहुन्छ उहाँनै यूवा हो । खरेलको जवाफ थियो ।
यो उमेर समुहका यूवाहरु अध्ययनशिल हुने, नयाँ कुराहरुको खाजी गर्ने, आफ्नो अध्ययनलाई प्रयोगमा ल्याएर रुपान्तरणको थालनी गर्ने भएकोले निकै महत्वपूणर् वर्गमा यूवा पर्ने उहाँको अनुभव छ ।
तर यूवाको जोश जागर र शक्तिलाई अहिले राजनैतिक दलले उत्पादनमा जोड्न नसकेको तथा आफ्नो पार्टिको झण्डा र डण्डा बोक्ने काममा मात्रै अधिकमत प्रयोग गरेकोमा उहाँले आपत्ती जनाउनु भयो । यद्यपी यूवाको क्षमता देखाएर काम गर्न अवका दिनमा चाहि पार्टिपनि नचाहिने कुरा प्रमाणित हुन थालेको समेत उहाँले बताउनु भयो ।
काठमाडौका मेयर बालेन शाहको उदाहरण दिदै खरेल भन्नु हुन्छ ‘ न कुनै राजनैतिक पृष्ठभूमि, न कुनै दलको समर्थन मेयर पदमा बिजयी, नयाँ जोश र खोजले सुन्दर काठमाडौ बनाउँने अभियान निरन्तर जारी छ । हामीले त्यहिबाट पनि सिक्नु पर्छ ’
सकरात्मक सोच राख्ने हो भने यूवा वर्गले अव बेग्लै आन्दोलन गरेर रुपान्तरणको बिगलु फुक्ने उहाँको धारणा छ ।
यूवाहरुले आफ्नो ठाउँमा तुरुन्तै परिवर्तन पनि ल्याउन सक्छन् भन्ने उदाहरण बनिरहेका बेला यहि ठाउँका यूवाहरु विदेश जान भन्दै हातमा हरियो पासपोर्ट बोकेर अन्तराष्ट्रिय एयरपोर्टमा जाने गरेका छन् ।
‘सायद आ-आफ्नो अवस्था र परिस्थिती अनुसार हुन सक्छ तर म चाहि यहाँ अवसरनै अवसर देख्छु, विदेशमा गएर १६ घण्टा १८ घण्टा काम गर्न सक्छु भन्ने मानसिकता बोकेर जानेहरुले यहाँ दिनमा १२ घण्टा मात्रै गर्ने हो भने सायदै विदेशको जती कमाई हुन्छ ।’ खरेल भन्नु ‘हुन्छ यसकालागि आफुमा धृढ इच्छा चाहि हुनुपर्छ ।’
खरेलसँग गरिएको कुराकानीको भिडयोलाई यहाँ राखीएको छ ।