उराउ, पाउदुरे भरतनाट्य कार्यशाला सम्पन्न

दमक/
कोशी प्रदेशका विभिन्न जिल्ला तथा शहरमा नृत्य सिकाउँदै आएका प्रशिक्षकहरुलाई ‘क्यासिकल’ सम्बन्धीको प्रशिक्षण दिइएको छ ।
झापाको दमकमा हिजो देखी सुरु भएको दुई दिने उराउ,पाउदुरे भरतनाट्य कार्यशाला आज सम्मपन्न भएको हो ।

दमक कला प्रतिस्ठानले आयोजना गरेको यो कार्यशालामा दमक, बिर्तामोड, इलाम, इटहरी, धरान , धनकुटा तथा विराटनगर क्षेत्रका ८५ जना नृत्यकारहरु सहभागी थिए ।

नेपाली लोक सस्कृतिलाई जगेणर्ा गर्न साथै सस्कृतिक नृत्यको प्रर्वधन गर्न यस प्रकारको कार्यशाला गरिएको प्रतिस्ठानकी कोषाध्यक्ष कमला खनालले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

पूर्वमै पहिलो पटक यसरी एकै ठाउँमा प्रदेशभरीका नृत्यकारहरुलाई भेला पारेर दिइएको यो स्तरको कार्यशालामा नेपालका ख्याति प्राप्त प्रशिक्षकहरुले सहजीकरण गर्नु भएको थियो ।

रोचक थापा र भावना कार्कीले प्रशिक्षण दिनु भएको कार्यक्रममा सहभागीहरुले नयाँ प्रकारका नृत्यका सिपहरु सिक्ने मौका भएको प्रतिस्ठानका अध्यक्ष बिमल नेपालको भनाई छ ।

Share: