सुरक्षामा चुनौती

‘सि सि क्यामाराको निगरानीमा दमक’ : १८ मध्ये अधिकांस चल्दैचल्दैनन्

 

दमक/
पूर्वि नेपालको विकसित शहरमा पर्छ दमक । यहाँ उद्योग कलकारखाना कम भएपनि मानविय बस्ति भने अन्य शहरको तुलनामा बढिरहेको छ ।
ब्यापारिक रुपमा यहाँ बन्दै गएका विभिन्न राष्ट्रिय गौरवका योजनाका कारण धेरै सम्भावना बोकेको क्षेत्र हो यो ।

यहाँ दमक रवि चिसापानी सडकलाई गौरिगञ्ज नाका सम्म जोडेर उत्तरमा चिनको ओलाङचुङगोला सम्म पुर्याउने त्रीदेशिय रणनितीक सडक नर्माणको काम भइरहेको छ । यसले यो क्षेत्रको आर्थीक गतिविधि बृद्धि गराउने अपेक्षा गरिएको छ ।

यसै गरि दमकमा दमक बिजनेश मल(दमक भ्यू टावर)को निर्माण पनि अन्तिम चरणमा पुगेको छ । यसले पनि दक्षिण एसियालाईनै लक्षित गर्ने गरिको ब्यापारिक परिकलपना गरेको छ । जसका कारण यो क्षेत्रको आर्थीक गतिविधि बढ्ने विस्वास यहाँका बासिन्दाको छ ।

दमकमा अर्को गौरवको आयोजाना पनि बन्दै छ त्यो हो ओद्योगिक पार्क । चिनका ब्यापारीहरुले लगानी गरेर बनाउने यो औद्योगिक पार्कमा विस्व बजारमा प्रयोग हुने खासगरि अटो मावोईल सम्बन्धीका सामानहरु उत्पादन हुने बताइएको छ । यसले पनि यहाँ जनघनत्व बढाउनुका साथै आर्थीक चलायमान गराउन मद्यत गर्ने छ ।

यसरी दमक पछिल्लो समय आर्थीक चलायमानको आधार बनाएर अघी बढिरहदा यहाँका सार्वजनिक स्थलहरु प्नि असुरक्षीत छन् ।
इलाका प्रहरी कार्यालयको निगरानीमा अहिले दमकका विभिन्न स्थानका गरि १८ वटा क्यामारा रहेका छन् । त्यस मध्ये १० वटा त बिग्रेर कामै नलाग्ने भएका छन् । यसको मर्मतकालागि सम्बन्धीत पक्षलाई भन्दा समेत मर्मत नहुदा सुरक्षामा चुनौती बढेको प्रहरीको भनाई छ ।

‘यहाँको चिया बगान क्षेत्रको राजमार्गमा रातमा बत्तिपनि बल्दैन । त्यहाँ सिसि क्यामारा पनि छैन । त्यहि ठाउँमा दुर्घटना पनि हुन्छ । कहिलेकहि चोरी तथा लुटपाट पनि हुन्छ । तर त्यहाँ न सडक बत्ती छ न सि सि क्यामारा नै यसले गर्दा हामीले प्रभावकारी रुपमा घटनामा संलग्नको पहिचान गर्न सकिरहेका छैनौ । निकै चुनौती छ । ’इलाका प्रहरी कार्यालय दमकका प्रमुख(डिएसपी) मनोज कुमार लामाले उज्यालो खवरसँगको कुराकानी बताउनु भयो ।

दमकको राजमार्ग क्षेत्रमा सिसि क्यामारा पर्याप्त नहुदा दुर्घटना गराएर फरार हुनेहरुलाई पक्राउ गर्न चुनौती भएको, बजार क्षेत्रमा चुरीका घटना बढिरहेकोले चोर समात्नपनि चुनौती भएकोले दमकका सबै सार्वजनिक स्थलहरुमा सिसि क्यामारा राख्नुपर्ने डि एस पि लामालेको भनाई छ ।

विकसित देशहरुमा क्यामाराकै आधारमा सबै प्रकारका सुरक्षा प्रबन्धहरु हुने गरेको भएपनि दमकमा भने भएका क्यामाराहरुपनि मर्मत नगरिनु नगरको सुरक्षा प्रति नागरिक वा अन्य निकायको वेवास्था पो हो कि ? लामाले प्रश्न गर्दै भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,