उपचार गर्ने जाने बाटोनै छैन

पुल नहुँदा सास्ती

pul bhaena news foto (3)

 

 

 

इलाम/

इलामको फाल्गुनन्द मार्गमा पर्ने पुवाखोलाको सटके दोभानमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती भएको छ । इलामको सोयाक ,सिदिथुम्का सहित दर्जनौ ग्रामीण बस्तीको सम्बन्ध सदरमुकाम सँग जोड्ने उक्त स्थानमा पक्की पुल नहुँदा स्थानियहरुले वर्षौदेखि सास्ती खेप्दै आएका छन ।

सटके दोभान इलाम सदरमुकामको इलाम नगरपालिका बडा नं ९ र बडा नं ११ यही खोलाले छुट्याएको छ । तर सदरमुकाम बाट नजिनै रहेको स्थानको ब्यथा बेग्लै छ । नगरपालिकाकै २ वडा सहित दजनौ ग्रामिण बस्ति जोड्ने खोलामा पुल नभएकै कारण हिउदमा खोला भित्रै बाट सबारी चल्ने गर्दछन् भने बर्खामा यातायात ठप्प नै हुने गर्दछ । मानिस बारपार गर्नका लागि झोलुङ्गे पुल रहे पनि खाध्यान्न ओसारप्रसार गर्नलाई समस्या रहेको छ । इलामको संघिय निर्बाचन क्षेत्र नं २ मा पर्ने यो स्थान बाट बिगत लामो समय देखीे सुबास चन्द्र नेम्बाङ्गले प्रतिनिधित्व गरिरहेका छन् । तर यतिका बर्ष सम्म पनि यो स्थानमा पक्की पुल नबन्दिा मतादाताहरु रुष्ठ भएका छन् ।

यता नेता सुबास चन्द्र नेम्बाङ्गले भने फाल्गुन्नद मार्गको प्रबेश द्धार उदघाटन समेत गरिसक्नुभएको छ । उहाँले सडकको धरै काम सकिएकाले दमक चिसापानी सडक संग जोडीन थोरै मात्र काम बाकि रहेको बताउनुभयो ।

सदरमुकाम संग जोडिन सहज ठानिएको यो मार्गमा अहिले दजनौ सबारी गुड्ने गर्दछन् । बारैमासे सबारी गुड्न सक्ने गरि पक्की पुल निमाण भए यो बाटो प्रयोग गर्ने स्थानियको गाउँ घरमा उत्पादन भएको कृषि जन्य सामाग्री बजार पाउने मात्र थिएन बिरामी हुदाँ पनि समयमै अस्पताल पुग्न सकिने थियो । त्यसैले पनि यस क्षेत्रतर्फ सारोकारबालाहरुको चाडो ध्यान पुग्न जरुरी देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित