उपचार गर्ने जाने बाटोनै छैन

पुल नहुँदा सास्ती

 

 

 

इलाम/

इलामको फाल्गुनन्द मार्गमा पर्ने पुवाखोलाको सटके दोभानमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती भएको छ । इलामको सोयाक ,सिदिथुम्का सहित दर्जनौ ग्रामीण बस्तीको सम्बन्ध सदरमुकाम सँग जोड्ने उक्त स्थानमा पक्की पुल नहुँदा स्थानियहरुले वर्षौदेखि सास्ती खेप्दै आएका छन ।

सटके दोभान इलाम सदरमुकामको इलाम नगरपालिका बडा नं ९ र बडा नं ११ यही खोलाले छुट्याएको छ । तर सदरमुकाम बाट नजिनै रहेको स्थानको ब्यथा बेग्लै छ । नगरपालिकाकै २ वडा सहित दजनौ ग्रामिण बस्ति जोड्ने खोलामा पुल नभएकै कारण हिउदमा खोला भित्रै बाट सबारी चल्ने गर्दछन् भने बर्खामा यातायात ठप्प नै हुने गर्दछ । मानिस बारपार गर्नका लागि झोलुङ्गे पुल रहे पनि खाध्यान्न ओसारप्रसार गर्नलाई समस्या रहेको छ । इलामको संघिय निर्बाचन क्षेत्र नं २ मा पर्ने यो स्थान बाट बिगत लामो समय देखीे सुबास चन्द्र नेम्बाङ्गले प्रतिनिधित्व गरिरहेका छन् । तर यतिका बर्ष सम्म पनि यो स्थानमा पक्की पुल नबन्दिा मतादाताहरु रुष्ठ भएका छन् ।

यता नेता सुबास चन्द्र नेम्बाङ्गले भने फाल्गुन्नद मार्गको प्रबेश द्धार उदघाटन समेत गरिसक्नुभएको छ । उहाँले सडकको धरै काम सकिएकाले दमक चिसापानी सडक संग जोडीन थोरै मात्र काम बाकि रहेको बताउनुभयो ।

सदरमुकाम संग जोडिन सहज ठानिएको यो मार्गमा अहिले दजनौ सबारी गुड्ने गर्दछन् । बारैमासे सबारी गुड्न सक्ने गरि पक्की पुल निमाण भए यो बाटो प्रयोग गर्ने स्थानियको गाउँ घरमा उत्पादन भएको कृषि जन्य सामाग्री बजार पाउने मात्र थिएन बिरामी हुदाँ पनि समयमै अस्पताल पुग्न सकिने थियो । त्यसैले पनि यस क्षेत्रतर्फ सारोकारबालाहरुको चाडो ध्यान पुग्न जरुरी देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण