विद्यार्थीमा राजनैतिक चेतना भर्दै दमकका महिला जनप्रतिनिधी,‘राष्ट्रभाव जगाउने प्रयास’

 

दमक/
अहिलेका नयाँ पुस्ताहरु देशमै बस्ने भन्दा पनि विदेश जानेहरुको लहड बढेको भन्दै झापा दमक नगरपाकिलाका महिलाहरुले चिन्ता व्यक्त गरेका छन् ।
यो चिन्तामा चिन्तन गर्दै विद्यालयतह देखीनै राष्ट्र र राष्ट्रियताको महत्वका बारेमा बुझाउने अभियान थालीएको दमक नगरपालिकाको महिला जनप्रतिनिधीहरुको सञ्जालकी अध्यक्ष शारदा सापकोटा भट्टराईले उल्लेख गर्नु भयो ।

देश बनाउने यूवा पुस्ताहरु विदेश जाँदा देशले प्रगती गर्न नसकेको भन्दै अवदेखी यूवा पुस्तालाई आफ्नै ठाउँमा बसेर काम गर्ने गरिको वातावरण बनाउने र राजनितीको नेतृत्वमा यूवा पुस्तानै आउनु पर्छ भन्ने सोचले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको भट्टराईको भनाई छ ।

सञ्जालले अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर राजनितीमा यूवा नेतृत्व र महिला सहभागीता कार्यक्रमको आयोजना गरि विद्यार्थी जीवन देखीनै राजनितीका बारेमा सकरात्मक धारहरु जानकारी गराउने र असल नेतृत्व बन्न अभिप्रेति गरिएको नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिनुभयो ।

राजनितीकै कारण देश बन्ने र राजनिती गर्ने मान्छे असल तथा इमान्दार बन्ने हो भने देशमा समृद्धि ल्याउन सकिन्छ र यसमा अव यूवा सोच र खोजकै आवश्यक रहेको औल्याउँदै प्रसाईको प्रष्टोक्ति छ‘अव राष्ट्रको नेतृत्वमा यूवा नै पुग्नु पर्छ । जसमा देश प्रति माया, र ममता होस । उसले मात्रै अव देश बनाउन सक्छ ।’

राजनितीमा लाग्नेहरु आफ्नो कर्तव्यको पालक मात्रै बन्ने हो भनेपनि धेरै कुरामा परिवर्तन गर्न सकिने उहाँको भनाई थियो ।

कार्यक्रममा झापा मोडल अग्रेजी माद्यमिक विद्यालयका फाण्उण्डर जय श्रेष्ठले राजनिती भनेको कसैले फोहोरी खेल हो भन्छ भने त्यसमा राष्ट्रियता नभएको उल्लेख गर्नु भयो । ‘यदि फोहोरी छ भने म त्यसलाई अव सङ्गलो बनाउन सक्छु भनेर अग्रसर हुनु चाहि राष्ट्रिप्रतिको सम्मान हो । र परिवर्तन त्यस्तै विचारबाट मात्रै सम्भव रहेको छ । ’श्रेष्ठले सिर्जनात्मक बन्दै राष्ट्रभावका गीत गुनगुनाउन र लेख्न पनि अनुरोध गर्नुभयो ।

दमकका विभिन्न विद्यालयबाट प्रतिनिधीमुलक विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराइएको छ थियो । उनीहरुले पनि राजनितीका बारेमा आ आफ्नो भनाई राखेका थीए ।

सञ्जालकी सचिव तथा दमक नगरपालिका वडा नं १० कि महिला सदस्य भूमिका आचार्यले सञ्चालन गरेको कार्यक्रममा दमकका १०व वटै वडाका महिला सदस्यहरु तथा गौरिगञ्ज गाउँपालिकाबाट पनि प्रतिनिधीमुलक सहभागीता रहेको थियो ।

साथै महिला जनप्रतिनिधीहरुको क्षमता विकास गराउने काममा अग्रसर रहेको सि लिड्स परियोजननाकी झापा संयोजक सम्झना पोखरेले र प्रशिक्षक सोमराज ढकालको पनि उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु