विद्यार्थीमा राजनैतिक चेतना भर्दै दमकका महिला जनप्रतिनिधी,‘राष्ट्रभाव जगाउने प्रयास’

 

दमक/
अहिलेका नयाँ पुस्ताहरु देशमै बस्ने भन्दा पनि विदेश जानेहरुको लहड बढेको भन्दै झापा दमक नगरपाकिलाका महिलाहरुले चिन्ता व्यक्त गरेका छन् ।
यो चिन्तामा चिन्तन गर्दै विद्यालयतह देखीनै राष्ट्र र राष्ट्रियताको महत्वका बारेमा बुझाउने अभियान थालीएको दमक नगरपालिकाको महिला जनप्रतिनिधीहरुको सञ्जालकी अध्यक्ष शारदा सापकोटा भट्टराईले उल्लेख गर्नु भयो ।

देश बनाउने यूवा पुस्ताहरु विदेश जाँदा देशले प्रगती गर्न नसकेको भन्दै अवदेखी यूवा पुस्तालाई आफ्नै ठाउँमा बसेर काम गर्ने गरिको वातावरण बनाउने र राजनितीको नेतृत्वमा यूवा पुस्तानै आउनु पर्छ भन्ने सोचले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको भट्टराईको भनाई छ ।

सञ्जालले अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर राजनितीमा यूवा नेतृत्व र महिला सहभागीता कार्यक्रमको आयोजना गरि विद्यार्थी जीवन देखीनै राजनितीका बारेमा सकरात्मक धारहरु जानकारी गराउने र असल नेतृत्व बन्न अभिप्रेति गरिएको नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिनुभयो ।

राजनितीकै कारण देश बन्ने र राजनिती गर्ने मान्छे असल तथा इमान्दार बन्ने हो भने देशमा समृद्धि ल्याउन सकिन्छ र यसमा अव यूवा सोच र खोजकै आवश्यक रहेको औल्याउँदै प्रसाईको प्रष्टोक्ति छ‘अव राष्ट्रको नेतृत्वमा यूवा नै पुग्नु पर्छ । जसमा देश प्रति माया, र ममता होस । उसले मात्रै अव देश बनाउन सक्छ ।’

राजनितीमा लाग्नेहरु आफ्नो कर्तव्यको पालक मात्रै बन्ने हो भनेपनि धेरै कुरामा परिवर्तन गर्न सकिने उहाँको भनाई थियो ।

कार्यक्रममा झापा मोडल अग्रेजी माद्यमिक विद्यालयका फाण्उण्डर जय श्रेष्ठले राजनिती भनेको कसैले फोहोरी खेल हो भन्छ भने त्यसमा राष्ट्रियता नभएको उल्लेख गर्नु भयो । ‘यदि फोहोरी छ भने म त्यसलाई अव सङ्गलो बनाउन सक्छु भनेर अग्रसर हुनु चाहि राष्ट्रिप्रतिको सम्मान हो । र परिवर्तन त्यस्तै विचारबाट मात्रै सम्भव रहेको छ । ’श्रेष्ठले सिर्जनात्मक बन्दै राष्ट्रभावका गीत गुनगुनाउन र लेख्न पनि अनुरोध गर्नुभयो ।

दमकका विभिन्न विद्यालयबाट प्रतिनिधीमुलक विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराइएको छ थियो । उनीहरुले पनि राजनितीका बारेमा आ आफ्नो भनाई राखेका थीए ।

सञ्जालकी सचिव तथा दमक नगरपालिका वडा नं १० कि महिला सदस्य भूमिका आचार्यले सञ्चालन गरेको कार्यक्रममा दमकका १०व वटै वडाका महिला सदस्यहरु तथा गौरिगञ्ज गाउँपालिकाबाट पनि प्रतिनिधीमुलक सहभागीता रहेको थियो ।

साथै महिला जनप्रतिनिधीहरुको क्षमता विकास गराउने काममा अग्रसर रहेको सि लिड्स परियोजननाकी झापा संयोजक सम्झना पोखरेले र प्रशिक्षक सोमराज ढकालको पनि उपस्थिती रहेको थियो ।

Share: