‘तपाईलाई उपहार परेको छ ’भन्दै ठगी गर्ने गिरोह झापाबाट पक्राउ

thagi

 

दमक/
‘सामाजिक सञ्जाल वाट््सएपमार्फत तपाईलाई आइफोन, ल्यापटप, घडी उपहार प¥यो र अव उपहार प्राप्त गर्न भन्सार करको पैसा जम्मा गर्नुस ’ भनेर म्यासेज पठाएर ठगी गर्ने गिरोहलाई झापाको प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई बिर्तामोडबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले बिरगञ्ज घर भएका सुमित कुसवाहा, प्रकाश श्रीवास्तव, राहुल कुमार र रवीन्द्रप्रसाद कुर्मीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो पक्राउ परेकाहरुले बिर्तामोडमा डेरा ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

पक्राउ पर्नेहरुले इभा सोफिया नाम भएको फेसबुकको म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई आफू स्वीडेनको एक तेल र ग्यास कम्पनीको म्यानेजर भएको र तपाईहरुलाई कम्पनीको तर्फबाट आईफोन, ल्यापटप, घडी जस्ता उपहार प¥यो भन्दै ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका चारै जनालाई ठगी मुद्दामा इलाका प्रहरी कार्यालय झापाले जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको