सनपाटको ब्यापार बढ्यो

घरघरबाटै सनपाट बिक्न थाल्यो , किसानलाई सहज

दमक/
झापा बाह्रदशीका किसान यादव गणेशलेलाई सनपाट बिक्री होला कि नहोला भन्ने पीर थियो । तर, व्ययापारीले घरमा नै आएर सनपाट किनेपछि उनी मख्ख छन् । अघिल्लो वर्ष उनले आफूले उत्पादन गरेको सनपाट सीमावर्ती भारतीय बजारमा लगेर सस्तोमा बिक्री गरेका थिए ।

गत वर्ष प्रतिकिलो ३५ देखि ४० भारुमा बिक्रीगा थिए भने यस वर्ष १ रुपैयाँ प्रतिकिलोमा घरबाटै बिक्री भएको उनले सुनाए । राम्रो नाफा नभएपनि लगानी उठाएर केही नाफा भएको उनी बताउँछन् ।

सनपाट नेपालमा बिक्री नहुने र भारतीय बजारमा भर पर्नुपर्ने भएकाले किसानले हरेक वर्ष खेती घटाउँदै ल्याएका छन् । अर्का स्थानीय रामयण राजवंशीले सनपाटको खेती गरेको ४० वर्ष भयो । यस वर्ष भने उनले घरबाटै सनपाट बिक्री गरेका छन् ।

धानको खेती गर्दा बाढीले बगाएर लैजाने त्रासका कारण सनपाट लगाएका उनले भाउ नपाएपछि खेती घटाएका छन् ।वर्षायाममा गाउँ नै डुबानमा पर्ने गरेकाले झापाका किसान अन्य छाडेर सनपाट खेतीमा होमिएका थिए । तर, भाउ सोचेअनुरुप नपाउँदा अब विकल्पमा के गर्ने भन्ने चिन्तामा परेको बताउँछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो