सनपाटको ब्यापार बढ्यो

घरघरबाटै सनपाट बिक्न थाल्यो , किसानलाई सहज

दमक/
झापा बाह्रदशीका किसान यादव गणेशलेलाई सनपाट बिक्री होला कि नहोला भन्ने पीर थियो । तर, व्ययापारीले घरमा नै आएर सनपाट किनेपछि उनी मख्ख छन् । अघिल्लो वर्ष उनले आफूले उत्पादन गरेको सनपाट सीमावर्ती भारतीय बजारमा लगेर सस्तोमा बिक्री गरेका थिए ।

गत वर्ष प्रतिकिलो ३५ देखि ४० भारुमा बिक्रीगा थिए भने यस वर्ष १ रुपैयाँ प्रतिकिलोमा घरबाटै बिक्री भएको उनले सुनाए । राम्रो नाफा नभएपनि लगानी उठाएर केही नाफा भएको उनी बताउँछन् ।

सनपाट नेपालमा बिक्री नहुने र भारतीय बजारमा भर पर्नुपर्ने भएकाले किसानले हरेक वर्ष खेती घटाउँदै ल्याएका छन् । अर्का स्थानीय रामयण राजवंशीले सनपाटको खेती गरेको ४० वर्ष भयो । यस वर्ष भने उनले घरबाटै सनपाट बिक्री गरेका छन् ।

धानको खेती गर्दा बाढीले बगाएर लैजाने त्रासका कारण सनपाट लगाएका उनले भाउ नपाएपछि खेती घटाएका छन् ।वर्षायाममा गाउँ नै डुबानमा पर्ने गरेकाले झापाका किसान अन्य छाडेर सनपाट खेतीमा होमिएका थिए । तर, भाउ सोचेअनुरुप नपाउँदा अब विकल्पमा के गर्ने भन्ने चिन्तामा परेको बताउँछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण