दमक/
झापाको कमल ५ गुहेस्वरीका दस वर्षे योगेश ढुंगानालाई एक थान ह्विल चियर प्रदान गरिएको छ ।
ह्विल चियरको अभाव झेलिरहनु भएको थाह पाएपछी लायन्स क्लव अफ दमक श्रीअन्तले ढुंगानाको घरमै पुगेर आज ह्विल चियर प्रदान गरेको क्लवका सचिव टिकाराम उप्रेतीले जानकारी दिनु भयो ।
लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ सि अन्तर्गत एरिया २ का एरिया चिफ रामचन्द्र बरालकाे प्रमुख आतिथ्यतामा ३२५ सि अन्तर्गत एरिया २ का ए ओ जी पारस पाण्डे , रिजन चेयर पर्सन बिष्णु पाैडेल, सहित क्लवका अध्यक्ष सुवासचन्द्र गड्ताैलाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।