बालबालिकाका कुरा सुन्न केपि ओली दमक आउँदै (भिडियोमा हेरौ)

दमक/
यही असोज ४ गते दमकमा बालबालिकालाई भेट्न र उनीहरुको कुरा सुन्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली दमक आउने हुनु भएको छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’ विषयमा विद्यार्थीहरुले आ-आफ्ना बिचार राख्ने छन् । ती बिचार ओलीले सुन्नु हुने छ । त्यसपछि अवको पुस्ताले ‘समृद्ध नेपाल सुखी नेपाली’ कसरी बनाउन सक्नेछन् भन्ने कुराका बारेमा ओलीले आफ्ना भनाई पनि राख्नु हुने छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’ शिर्षकमा विद्यार्थीलाई वकृत्वकला मार्फत बिचार प्रस्फुटन गराउने काम चाहि यहाँ रहेको यूवा सघंले गरेको हो ।
यूवा सघं दमक नगर कमिटीले दमकमा रहेका माद्यमिक तहमा अध्ययन गर्ने निजी तथा सामुदायीक तर्फका विद्यालयबाट प्रतिनिधीमुलक रुपमा सहभागी गराउने र उनीहरुलाई यो कार्यक्रममा बोल्न दिइने छ ।

उनीहरुले ‘समृद्ध नेपाल सुखी नेपाली’ शिर्षकमा राखेको बिचार र भनाईलाई प्रतिस्पर्धाका रुपमा सहभागी गराइ पुरस्कृति पनि गरिने आज यूवा सघं दमकले दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको छ ।

सघंका अध्यक्ष बिबेक भट्टराईका अनुसार ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण गर्न अव यूवा पुस्ताबाटनै सम्भव भएकोले यसको थालनी ‘टीन एज’ समुहबाट गरिएको हो ।

यो कार्यक्रम बाल दिवसका दिन गर्ने भनेर तय भएको थियो तर एमाले उपाध्यक्ष संविधानसभा अध्यक्ष सुवास नेम्वाङको मृत्यू भएका कारण कार्यक्रम सारिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलन नेकपा एमाले कोशी प्रदेशको सचिवालय सदस्य अम्बिका खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने अन्य प्रदेश तथा जिल्ला स्तरका विभिन्न नेताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम दमक ८ मा रहेको कष्मिक पार्टि प्योलेसमा हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी दिने क्रममा यूवा सघं दमक नगर कमिटी अध्यक्ष भट्टराईले बोल्नु भएको भिडियोलाई यहाँ राखीएको छ ।

KP Oli Will Meet School Student In home town|| Yuba Sangh|Bibek Bhattarai – YouTube

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु