खर्चको भार बढाँउदै प्रदेश सरकार

प्रदेश १ सरकारः सवारी साधन खरिदमै अर्वौ बजेट सकियो, इन्धनमा करोडौ

बिराटनगर
प्रदेश १ सरकारले सवारी साधनका लागि गत आर्थिक वर्षसम्ममा २ अर्ब १२ करोड ६८ लाख १३ रुपैयाँ खर्च गर्‍यो । यो वर्ष फेरि ५४ करोड १६ लाख ४८ हजार रुपैयाँ खर्च गर्दै छ । प्रदेश सरकारले आफैंले ल्याएको सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता निर्देशिका उल्लंघन गर्दै महँगा र विलासी गाडी खरिद, इन्धन, मर्मत र विमा तथा नवीकरणमा उक्त रकम खर्च गरेको हो ।

निर्देशकाले मुख्यमन्त्रीलाई १ करोड, सभामुख, मन्त्री र प्रमुख सचिवलाई ७५ लाख, उपसभामुख, प्रदेश लोक सेवा आयोगका पदाधिकारी, मुख्य न्यायाधिवक्ता, प्रदेश सचिवलाई ६५ लाख, महाशाखा र कार्यालय प्रमुखलाई ४५ लाख मूल्य बराबरको गाडी खरिद गर्न पाउने व्यवस्था गरेको छ । तर तत्कालीन मुख्यमन्त्री शेरधन राईले निर्देशिका मिच्दै ३ करोड १९ लाख ७३ हजारको टोयटा प्राडो र सभामुख प्रदिपकुमार भण्डारीले १ करोड ३६ लाख ९० हजारको इसुजु मक्स गाडी खरिद गरेका छन् ।

यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि २ करोड ७ लाख ५० हजार दरको निसानको गाडी खरिद गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ करोड ७९ लाख ५० हजारको निसानको पेट्रोल गाडी खरिद गरेको छ । मन्त्रालयका सचिवहरूका लागि पनि १ करोडभन्दा बढी मूल्यका महँगा गाडी किनिएका छन् ।

सवारी साधन खरिदमा प्रदेश सरकारले आर्थिक वर्ष ०७४/७५ मा ६ करोड २९ लाख, ०७५/७६ मा ५५ करोड ६८ लाख ७२ हजार, ०७६/७७ मा ५५ करोड र ०७७/७८ मा ४८ करोड ५० लाख ५५ हजार गरी १ अर्ब ६५ करोड ४९ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षमा सवारी साधन खरिद गर्न २९ करोड २७ लाख २४ हजार विनियोजन गरिएको छ । इन्धनमा आर्थिक वर्ष ०७४/७५ मा ४० लाख १९ हजार, ०७५/७६ मा ३ करोड ५६ लाख ३१ हजार, ०७६/७७ मा ९ करोड ५२ लाख १४ हजार र ०७७/७८ मा ११ करोड १७ लाख ५ हजार गरी २४ करोड ६५ लाख ६९ हजार खर्च भएको छ ।

इन्धनका लागि चालु आर्थिक वर्षमा १२ करोड २३ लाख ८३ हजार रुपैया विनियोजन गरिएको छ । प्रदेश सरकारले सवारी साधन मर्मतका लागि आर्थिक वर्ष ०७४/७५ मा ५३ लाख ४१ हजार, ०७५/७६ मा ३ करोड ५३ लाख १३ हजार, ०७६/७७ मा ५ करोड ४३ लाख ९५ हजार र ०७७/७८ मा ७ करोड ६६ लाख ९४ हजार गरी १७ करोड १७ लाख ४३ हजार रुपैयाँ खर्च गरेको थियो । त्यही शीर्षकका लागि चालु आर्थिक वर्षमा १० करोड ७ लाख ३३ हजार रुपैयाँ छुट्याइएको छ । सवारी साधनको बिमा तथा नवीकरणमा गत आर्थिक वर्षसम्ममा ५ करोड ३६ लाख ९५ हजार खर्च भएको थियो । यो वर्ष त्यसका लागि २ करोड ५८ लाख ८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको