कमलको वडा नं ५ लाई बालमैत्री घोषणा

दमक/
झापाको कमल गाउँपालिका वडा नं ५ लाई बालमैत्री घोषणा गरिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडालाई बालमैत्री घोषणा गरिएको हो ।

खुसी राखौ बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार भन्ने मुल नारा लिइएको कमल गाउँपालिकाले यहाँको वडा नं ५ लाई बालमैत्री वडा घोषणा गरेको छ ।

गाउँपाकिलाका अध्यक्ष हुकुम सिहं राई र प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले वडाध्यक्ष लाल बहादुर विष्टलाई बालमैत्री वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गरि वडालाई बालमैत्री भएको उद्धघोष गर्नु भयो ।

साविक लाखनपुर र तोपगाछी गाविस मिलेर अहिलेको कमल गाउँपालिका वडा नं ५ बनेको छ । यस वडामा २ हजार ४ सय ५९ घर धुरी रहेका छन् भने कुल जनसंख्याको १ हजार ६ सय ४३ बालिका र १ सय ५७ बालक गरि ३ हजार ३ सय बालबालिका रहेका छन् ।

 

बालमैत्री कमल बनाउने गाउँपालिकाको उद्धघोषलाई २०७७ सालमै वडा नं ५ ले आफ्नो पनि अठोट ठान्दै त्यसका चरणहरु पुरा गर्न तल्लीन बनेको थियो ।

 

बालमैत्री वडा घोषणा गर्न वडाले बालमैत्री स्थानिय शासन वडा समितीको गठन, बालमैत्री अवधारणा सम्बन्धी सरोकारवालाको अनुशिक्षण र कार्ययोजना, टोलस्तर अभिमुखीकरण, बालमैत्री अनुरोधपत्र, बाल विवाहमुक्त टोल घोषणा लगायतका कामहरु सम्पन्न गरेको छ ।

 

अव यो घोषणा पछि वडा नं ५ भित्र कोहि पनि बालबालिका आफ्नो जन्मसिद्ध बालअधिकारबाट बञ्चित हुनुनपर्ने र सबै बालबालिकालाई सत प्रतिशत बालमैत्री वातावरणमा हुर्कने अवसर प्रदान गरिने वडाध्यक्ष विष्टले बताउनु भयो ।

 

अन्य वडाहरुमा पनि बालमैत्री वडा घोषणाको कार्यक्रम अन्तिम चरणमा पुगेको र सबै वडा घोषणा पछि सिङ्गो गाउँपालिकालाईनै बालमैत्री पालिका घोषणको तयारी भइरहेको गाउँपालिका अध्यक्ष हुकुम सिहं राईको भनाई छ ।

 

आज सम्पन्न भएको कार्यक्रमको सञ्चालनको जिम्मा वडा बाल सञ्जाललाई दिइएको थियो । सञ्जालले सञ्चालन गरेको कार्यक्रममा वडाभित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक , विद्यार्थीहरु, अभिभावक , विभिन्न राजनैतिक दलका प्रतिनिधी एंव सरोकारवालहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु