दमकमा ‘स्टुडेण्ट अफ द इयर’ हुँदै, विद्यार्थीलाई ‘बहुप्रतिभाशाली’ बनाउने लक्ष

दमक/
दमकमा ‘स्टुडेण्ट अफ द इयर’ हुने भएको छ । कक्षा ५ देखी १० का विद्यार्थीलाई सहभागी गराएर विभिन्न विधामा प्रशिक्षण दिदै ‘स्टुडेण्ट अफ द इयर’ छान्ने तयारी नेपालवाणी मिडिया नेटवर्क तथा रेडियो झापाले गर्ने भएको छ ।

आईतबार देखी फारम खुल्ला गरिएको यो कार्यक्रममा २० वटा विद्यालयबाट करिव ६ सय विद्यार्थीलाई सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ ।

आयोजकले आज उज्यालो खवरसँग कुरा गर्दै भन्यो‘यसले विद्यार्थीलाई विभिन्न विषयमा अब्बल बनाउन मद्यत गर्ने छ । ’

कार्यक्रमका संयोजक हेमन्त राईका अनुसार यो कार्यक्रम मार्फत विद्यार्थीलाई नेतृत्व विकास, मस्तिष्क विकास, तथा अतिरिक्त क्षमताका बारेमा छुट्टा छुट्टै प्रशिक्षण दिइने छ ।

 

‘उद्धघोषण कला, भाषण कला, लेखन कला, धारा प्रवाह, गणित सम्बन्धीको आइ क्यू, मस्तिष्कको खेल, नृत्य, गायन, साहित्य तथा अभिनय गर्न समेत तालिम दिइने छ । ’राईले उल्लेख गर्नु भयो ।

 

विधागत रुपमा प्रशक्षिण गराएर पुरस्कार चाहि कक्षागत रुपमा प्रदान गरिने पनि उहाँले जानकारी दिनु भयो । कक्षा ५ देखी १० सम्मकै विद्यार्थीहरुलाई कक्षागत रुपमा पुरस्कार प्रदान गर्ने गरिको तयारी गरिएको छ ।

 

हरेक उत्कृष्टलाई १ लाख रुपैँया नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । द्धितीयलाई ८० ,तृतियलाई ६० र सान्तवनालाई ४० हजार नगद सहित अन्य पुरस्कारको प्रबन्ध गरिएको जनाइएको छ ।

 

कार्यक्रमको अडीसन कार्तिक १५ गते देखी हुने छ भने यसको फाईनल चाहि मंसिर २५ गते हुने राईले जानकारी दिनु भयो ।

 

यो कार्यक्रममा सहभागी हुन प्रति विद्यार्थी ३ हजार ५ सय रुपैँया प्रशिक्षण शुल्क लिइने पनि कुराकानीका क्रममा बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु