दमक/
दमकमा ‘स्टुडेण्ट अफ द इयर’ हुने भएको छ । कक्षा ५ देखी १० का विद्यार्थीलाई सहभागी गराएर विभिन्न विधामा प्रशिक्षण दिदै ‘स्टुडेण्ट अफ द इयर’ छान्ने तयारी नेपालवाणी मिडिया नेटवर्क तथा रेडियो झापाले गर्ने भएको छ ।
आईतबार देखी फारम खुल्ला गरिएको यो कार्यक्रममा २० वटा विद्यालयबाट करिव ६ सय विद्यार्थीलाई सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ ।
आयोजकले आज उज्यालो खवरसँग कुरा गर्दै भन्यो‘यसले विद्यार्थीलाई विभिन्न विषयमा अब्बल बनाउन मद्यत गर्ने छ । ’
कार्यक्रमका संयोजक हेमन्त राईका अनुसार यो कार्यक्रम मार्फत विद्यार्थीलाई नेतृत्व विकास, मस्तिष्क विकास, तथा अतिरिक्त क्षमताका बारेमा छुट्टा छुट्टै प्रशिक्षण दिइने छ ।
‘उद्धघोषण कला, भाषण कला, लेखन कला, धारा प्रवाह, गणित सम्बन्धीको आइ क्यू, मस्तिष्कको खेल, नृत्य, गायन, साहित्य तथा अभिनय गर्न समेत तालिम दिइने छ । ’राईले उल्लेख गर्नु भयो ।
विधागत रुपमा प्रशक्षिण गराएर पुरस्कार चाहि कक्षागत रुपमा प्रदान गरिने पनि उहाँले जानकारी दिनु भयो । कक्षा ५ देखी १० सम्मकै विद्यार्थीहरुलाई कक्षागत रुपमा पुरस्कार प्रदान गर्ने गरिको तयारी गरिएको छ ।
हरेक उत्कृष्टलाई १ लाख रुपैँया नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । द्धितीयलाई ८० ,तृतियलाई ६० र सान्तवनालाई ४० हजार नगद सहित अन्य पुरस्कारको प्रबन्ध गरिएको जनाइएको छ ।
कार्यक्रमको अडीसन कार्तिक १५ गते देखी हुने छ भने यसको फाईनल चाहि मंसिर २५ गते हुने राईले जानकारी दिनु भयो ।
यो कार्यक्रममा सहभागी हुन प्रति विद्यार्थी ३ हजार ५ सय रुपैँया प्रशिक्षण शुल्क लिइने पनि कुराकानीका क्रममा बताइएको छ ।