दशैलाई स्वागतः स्मारिकाका विद्यार्थीले आफै परिकार पकाए सबैसँग मिलेर खाए (भिडियोमा हेरौ)

दमक/

कक्षा नर्सरी देखी १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले छुट्टा छुट्टै समुह बनाएका थीए । नर्सरी देखी कक्षा ४ सम्मका विद्यार्थीहरु कक्षा कोठा भित्रै रमाई रहेका थीए । अन्य चाहि विद्यालयको प्राङ्गणमा ।

कक्षा कोेठा भित्र रहेका विद्यार्थीहरुले आ-आफ्नो घरमा विभिन्न परिकार पकाएर विद्यालयमा ल्याएका थीए । कक्षा कोठाका सबै साथीहरु एकै ठाउँ बस्ने । सँगै खाने र खुवाउने काम चलिरहेको थियो ।

अरुबेला पनि विद्यार्थीहरुले खाजाको रुपमा बिभिन्न परिकारहरु खाने गरेका थीए । तर शुक्रबार चाहि उनीहरुले आफ्ु मात्रै खाएनन् । साथीहरुलाई पनि आफ्नो खाजा बाडेर खाए । कक्षामा रहनु भएका गुरु तथा गुरुआमाहरुलाई पनि चखाएका थीए ।

यसले साथी-साथी बिचको सामीप्यता बढाइरहेको थियो । एकअर्का बिच बाँडेर खानु पर्छ भन्ने कुराको ज्ञान यी बालबालिकाहरुले पाइरहेका थीए । साथीत्वको भाव बुझ्ने मौका पाइरहेका थीए ।

विद्याथीले गरेको यस्तो कार्यलाई एउटा महत्वपूणर् कार्यक्रम बनाउने काम गर्यो झापाको कमल ५ पाडाजुगीमा रहेको स्मारिका सामुदायीक बोर्डिङ स्कुलले ।

सानो कक्षामा पढ्ने विद्यार्थीहरुले घरमा पकाएका खानेकुरा विद्यालयमा ल्याएका थीए भने । ५ कक्षा माथीका विद्यार्थीहरुले विद्यालयमै आएर पकाएका थीए । के पकाउने भन्ने , कस्ले पकाउने ? कस्तो पकाउने ? केके मिसानएर पकाउने , कति जनालाई पकाउने ? विद्यार्थीहरुले अघिल्लै दिन योजना बनाएका थीए । उनीहरुले बनाएको योजना सफल पार्न आवश्यक पर्ने श्रोत सामाग्री आफै जोहो गरे । कसैले घरबाट चामल ल्याए । कसैले तरकारी, कसैले मासु । कसैले अन्य खानेकुराहरु ।

विद्यार्थीहरुकै सकृयतामा सबै सामाग्री जुट्यो । उनीहरुलाईनै सहभागी गराएर सबै परिकार पकाउन लगाइयो । पकाइएका परिकार साथी साथी मिलेर खाए । विद्यायलयमा रहनु भएका गुरु तथा गुरु आमाहरुलाई पनि चखाए ।

यसबाट उनीहरुले आपसमा भाईचाराको सम्बन्ध बुझ्ने मौका पाए । सामीप्यता , सहकार्य र सामुहिक कर्मको प्रतिफल महसुस गर्न पाए । खास गरि नजिकिदै गरेको महत्वपूणर् पर्वहरु यसरीनै सबैजना भेला भएर खुसी साट्दै , दुख सुख बाड्दै मनाउनु पर्छ भन्ने सन्देश उनीहरुले बुझ्न सके ।

 

विद्यालयमा विद्यार्थीहरुको यस्तो गतिविधि देखेर कार्यक्रममा सहभागी हुनु भएका केहि अभिभावकहरु प्नि दङ्ग परिरहनु भएको थियो । विद्यार्थीहरुले नै कार्यक्रममा निम्ता गरेर विद्यालय आउनु भएका अभिभावक कविराज गौतम भन्नु हुन्छ हामीले यसरी सिक्दै पढ्न पाएका थीएनौ । हाम्रा छोराछोरीहरुले राम्रोसँग पढिरहेका रहेछन् । यस्ता अभ्यास देख्दा खुसी लागेको छ ।

 

विद्यार्थीहरुलाई के पकाउने भन्ने बारेमा सुझाव पनि विद्यालयले दिएका थीएन । विद्यालयले मात्रै हामी दशै आउँदैछ । यस्ता पर्वहरुमा समुहमा बसेर । सबैसँग मिलेर । मिठो मसिनो आफुसँग जेजे छ त्यहि खाएर मनाउनु पर्छ । धेरै खर्च गर्नु हुदैन । एक आपसमा सर सहयोग तथा सुख दुख वा आफुसँग भएका परिकारहरुपनि बाडेर खानु पर्छ भन्ने सन्देश मात्रै दिने गरिको कार्यक्रम तय गरिएको थियो । कार्यक्रमका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएपछि उनीहरु आफै अग्रसर भए । सबै योजना र काम आफै गर्न थाले । विद्यालयले यसलाई पोटलक पार्टिको नाम दियो । विद्यार्थीले पनि बडो हर्षौलसका साथ मनाएको यस विद्यालयकी सहायक प्रधानाध्यापक लिला न्यौपाने बताउनु हुन्छ ।

 

यसले विद्यार्थीहरुमा अव चाडवार्ड आयो । आपसमा मिल्नु पर्छ । समुहमा बस्नु पर्छ र भाईचाराको व्यवहार सबैसँग गर्नुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

(भिडियोमा हेरौ) 

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp