दमक/
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सडकमा उभीएर ट्राफिक व्यवस्थापन गर्ने व्यक्ति को हुन र यीनको काम के हो भन्नेबारेमा सेचेतना मुलक कार्यक्रम गरिएको छ ।
सडकमा उभीएर सिट्ठी बजाउँदै भीड नियन्त्रण गरेका दृष्श देखेका विद्यार्थीहरुले उनीहरुको परिचय सहित अधिकार र कर्तव्य सम्म थाह पाएका छन् । यती मात्रै नभएर सडक दुर्घटना कसरी हुने गरेको छ ? विद्यालय आउँदा र जाँदा केके कुरामा कसरी ध्यान दिने भन्ने ज्ञान पनि विद्यार्थीले पाए ।
झापाको कमल गाउँपालिका ५ स्थित स्मारिका सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई यसबारेमा सचेतना दिइएको हो ।
विद्यालयकी शिक्षीका तथा स्काउटर सबिना राईले विद्यार्थीहरुले प्रहरी र ट्राफिक प्रहरी बिचको भिन्नता , सडक वार पार गर्दा ध्यान दिने कुरा र सडक दुर्घटना न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने जानकारी दिन यो कार्यक्रम आयोजना जानकारी दिनु भयो ।
दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरिक्षक सुरेन्द्र खड्काले विद्यार्थीहरुलाई एक दिने अभिमुखीकरण तालिम दिनु भएको थियो । यो तालिममा सडक पार गर्दा जेब्रा क्रसबाट मात्रै गर्नुपर्ने, भएसम्म आकाशे पुलको प्रयोग गर्ने, कहि दुर्घटना भएको देखिहाल्यो भने सबैभन्दा पहिला कहाँ र कसलाई सम्पर्क गर्ने लगायत बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको खड्काले जानकारी दिनु भएको छ ।
एक सय भन्दा बढि विद्यार्थीहरु सहभागी भएको यो कार्यक्रममा स्मारिकाले खासगरी स्काउटमा आवद्ध भएकाहरुलाई तालिम दिएको थियो । तालिममा सहभागी भएका विद्यार्थीहरुले यसबाट आफुहरुले सडक दुर्घटना न्यूनिकरणको बारेमा थाह पाएको प्रतिकृया दिएका छन् ।
स्मारिका सामुदायीक विद्यालयले यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न सम- सामयीक विषयहरुमा जानकारी गराउन यस्ता कार्यक्रमहरु निरन्तर गर्दै आएको छ । यसबाट विद्यार्थीहरुमा अतिरिक्त ज्ञान हासिल गर्न मद्यत पुगीरहेको विस्वास विद्यालयको छ ।
(भिडिमा हेरौ)