आफ्नै सन्तान अपाङ्गता भएपछि परिवारबाटै तिरस्किृत निर्मलाको ‘नमुना’ काम

सुरुङ्गा/

चार सन्तानकी आमा निर्मलाका २ छोरा सामान्य छन् । २ जना छोरा अपाङ्गगता भएका । अपाङ्गता भएका दुईजना पनि दुई प्रकृतिका छन् । एक जना कान नसुन्ने अर्थात बहिरा , अर्का चाहि बौद्धिक अपाङ्गता । अपाङ्गता छोराछोरी जन्माएको भन्दै उहाँले परिवारबाट तिरस्कार मात्रै भोग्नु भएन । उहाँलाई सात जन्म सम्म साथ दिन्छु भनेर विवाह गरेर ल्याएका श्रीमानले पनि साथ छोडीएदि ।
सामान्य परिवारमा बस्दै आउनु भएकी र श्रीमानसँगनै परनिर्भर निर्मलालाई श्रीमानले छाडेपछि घर व्यवहार चलाउँनै गाह्रो भयो । अझ श्रीमानले अपाङ्गता भएका छोराहरु लिएर जान र अन्य छोराहरुलाई घरमै छाड्न भनेपछि भने थप संकट आयो ।
निर्मलाको कोखबाट जन्मेका ४ सन्तान मध्ये २ जना सामान्य हुदा उहाँले वाई वाई पाउनु भएन । तर जव दुई जना छोरा चाहि अपाङ्गता भएर जन्मे उनी दोष उहाँलाई मात्रै लगाइयो । उहाँको काखबाट जन्मेका ती सन्तानकै कारण परिवारिक विच्छेद खेप्नु पर्यो निर्मलाले ।
यसरी पारिवारीक बिच्छेद भएपछि भौतारी रहनु भएकी निर्मला अहिले झापाको कन्काई नगरपालिका वडा नं ४ मा पुकार अपाङ्ग अशक्त समाज चलाएर बस्नु भएको छ । अहिले यहाँ विभिन्न ठाउँका अपाङ्गता भएका बालबालिकाहरु छन् । यहाँ पनि कसैको बुबाले छोडेका कसैको आमाले छोडेकानै बालबाबालिकाहरु छन् । नगरपालिकाले जग्गा दिएर एन एम बि बैकले बनाइदिएको यो सानो घरमा उहाँको दैनिकी कसरी चलीरहेको छ ? पुकार अपाङ्ग अशक्त समाज कसरी चलिरहेको छ ?

पुकार अपाङ्ग अशक्त समाज झापामा बसेका बालबालिकाहरुको अवस्था साँच्चै नाजुक छ । यस प्रकृतीका एक जनालाई थेग्न नसक्ने परिवारबाट बिच्छेद भएहरु यहाँ छन् । जव परिवारले आफ्ना सन्तान हुर्काउन नसक्ने अवस्थाका बालबालिकाहरुलाई निर्मलाले कसरी हुकाई बडाई गरिरहनु भएको होला ? त्यो उहाँको अवस्था बुझेपछि मात्रै थाह पाइन्छ । निर्मलाको यो साहाशिक अनी नमुना कामलाई अहिले समुदाय स्तरबाट सहयोग भइरहेको छ । बिभिन्न सघं सस्थाहरुले गर्ने सहयोगबाटनै पुकार अपाङ्ग अशक्त समाज चलीरहेको छ । यसै सन्दर्भमा दमकमा रहेका बिभिन्न १० लायन्स क्लव तथा बिराटनगर अनी धरानमा रहेका लायन्स क्लवहरुको संयूक्त आयोजनामा खाद्य सामाग्री, केहि स्वास्थ्य सामाग्री र अन्य आवश्यकीय सामान प्रदान गरिएको लायन्स क्लव अफ दमकका सचिव यूवराज निरौलाले जानकारी दिनु भयो ।

लामो समयको अन्तरालमा दमकका लायन्सकर्मीहरुले गरेको यो काम निकै महत्वपूणर् र प्रभावकारी थियो । सयौ लायन्सकर्मीहरु पहेलो रङ्गको सेवामुलक ज्याकेट लगाएर सेवामा उत्रीएका थीए ।

( भिडियोमा हेरौं )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु