आफ्नै सन्तान अपाङ्गता भएपछि परिवारबाटै तिरस्किृत निर्मलाको ‘नमुना’ काम

सुरुङ्गा/

चार सन्तानकी आमा निर्मलाका २ छोरा सामान्य छन् । २ जना छोरा अपाङ्गगता भएका । अपाङ्गता भएका दुईजना पनि दुई प्रकृतिका छन् । एक जना कान नसुन्ने अर्थात बहिरा , अर्का चाहि बौद्धिक अपाङ्गता । अपाङ्गता छोराछोरी जन्माएको भन्दै उहाँले परिवारबाट तिरस्कार मात्रै भोग्नु भएन । उहाँलाई सात जन्म सम्म साथ दिन्छु भनेर विवाह गरेर ल्याएका श्रीमानले पनि साथ छोडीएदि ।
सामान्य परिवारमा बस्दै आउनु भएकी र श्रीमानसँगनै परनिर्भर निर्मलालाई श्रीमानले छाडेपछि घर व्यवहार चलाउँनै गाह्रो भयो । अझ श्रीमानले अपाङ्गता भएका छोराहरु लिएर जान र अन्य छोराहरुलाई घरमै छाड्न भनेपछि भने थप संकट आयो ।
निर्मलाको कोखबाट जन्मेका ४ सन्तान मध्ये २ जना सामान्य हुदा उहाँले वाई वाई पाउनु भएन । तर जव दुई जना छोरा चाहि अपाङ्गता भएर जन्मे उनी दोष उहाँलाई मात्रै लगाइयो । उहाँको काखबाट जन्मेका ती सन्तानकै कारण परिवारिक विच्छेद खेप्नु पर्यो निर्मलाले ।
यसरी पारिवारीक बिच्छेद भएपछि भौतारी रहनु भएकी निर्मला अहिले झापाको कन्काई नगरपालिका वडा नं ४ मा पुकार अपाङ्ग अशक्त समाज चलाएर बस्नु भएको छ । अहिले यहाँ विभिन्न ठाउँका अपाङ्गता भएका बालबालिकाहरु छन् । यहाँ पनि कसैको बुबाले छोडेका कसैको आमाले छोडेकानै बालबाबालिकाहरु छन् । नगरपालिकाले जग्गा दिएर एन एम बि बैकले बनाइदिएको यो सानो घरमा उहाँको दैनिकी कसरी चलीरहेको छ ? पुकार अपाङ्ग अशक्त समाज कसरी चलिरहेको छ ?

पुकार अपाङ्ग अशक्त समाज झापामा बसेका बालबालिकाहरुको अवस्था साँच्चै नाजुक छ । यस प्रकृतीका एक जनालाई थेग्न नसक्ने परिवारबाट बिच्छेद भएहरु यहाँ छन् । जव परिवारले आफ्ना सन्तान हुर्काउन नसक्ने अवस्थाका बालबालिकाहरुलाई निर्मलाले कसरी हुकाई बडाई गरिरहनु भएको होला ? त्यो उहाँको अवस्था बुझेपछि मात्रै थाह पाइन्छ । निर्मलाको यो साहाशिक अनी नमुना कामलाई अहिले समुदाय स्तरबाट सहयोग भइरहेको छ । बिभिन्न सघं सस्थाहरुले गर्ने सहयोगबाटनै पुकार अपाङ्ग अशक्त समाज चलीरहेको छ । यसै सन्दर्भमा दमकमा रहेका बिभिन्न १० लायन्स क्लव तथा बिराटनगर अनी धरानमा रहेका लायन्स क्लवहरुको संयूक्त आयोजनामा खाद्य सामाग्री, केहि स्वास्थ्य सामाग्री र अन्य आवश्यकीय सामान प्रदान गरिएको लायन्स क्लव अफ दमकका सचिव यूवराज निरौलाले जानकारी दिनु भयो ।

लामो समयको अन्तरालमा दमकका लायन्सकर्मीहरुले गरेको यो काम निकै महत्वपूणर् र प्रभावकारी थियो । सयौ लायन्सकर्मीहरु पहेलो रङ्गको सेवामुलक ज्याकेट लगाएर सेवामा उत्रीएका थीए ।

( भिडियोमा हेरौं )

Share:

Facebook
Twitter
Email
WhatsApp