दमक/
यो दृष्य देख्दा र यहाँ देखाइएको प्रस्तुती हेर्दा लाग्न सक्छ यो कुनै प्रतियोगीतात्मक कार्यक्रम हो भन्ने । तर यो कुनै प्रतियोगिता होईन । विद्यालयको एसेम्ब्ली हो । अझै अर्को प्रस्तुती पनि हेरौ ।
स्मृतिले खेलकुद सम्बन्धीको समाचार के छ भन्नेबारेमा उपस्थित सबैलाई पढेर सुनाउनु भयो । तनुजाले मौसम अपडेटका बारेमा जानकारी गराउनु भयो । यसरी देश तथा विदेशमा भएका घटनाहरुको बारेमा विद्यार्थीलाई कक्षाकोठामा प्रवेश गर्नु अघीनै जानकारी गराइन्छ । अन्य अतिरिक्त कृयाकपला पनि गरिन्छ । कुनै सम सामयीक विषयमा बोल्न दिइन्छ भने सामान्य ज्ञान सम्बन्धीका सवाल जवाफ पनि एसेम्ब्लीमै गराइन्छ ।
हाजीरिजवाफमा सोधिएका प्रश्नको सहि जवाफ दिनेलाई अनी हरेक दिन नयाँ नयाँ जानकारीहरुको अपडेट सुनाउनेलाई विद्यालयलयले एसेम्ब्लीमै पुरस्किृत पनि गर्ने गर्छ । यसले गर्दा विद्यार्थीहरुमा समसामयीक विषयमा पनि चासो र रुची बढाउन मद्यत गर्ने तथा अझ सिर्जनसिल बन्न सक्ने विस्वास विद्यालयको छ ।
विद्यार्थीहरुको सिकाईलाई थप सिर्जनसिल बनाउन र समुदायलाई प्रत्यक्ष बुझ्ने गरिको जनशक्ति उत्पादन गर्न स्मारिका सामुदायीक अग्रेजी माद्यमिक विद्यालयले नियमीत रुपमा विभिन्न कार्यक्रमहरु गर्ने गरेको यसका प्रन्सिपल गुणराज गिरीले जानकारी दिनु भयो ।
(भिडियोमा हेरौ)