जन्मदिनमा ‘क्यान्डील’ प्रज्वलन, सांसद पालुङ्गवा भन्नु हुन्छ ‘देश रोहेको बेला म हास्न सकिन’

उर्लाबारी/

शोभा पालाङ्गवा चेम्जोङ कार्तिक १९ गते ५० वर्ष पुग्नु भयो । उहाँले आफ्नो जन्मदिनको अवसरमा ५० वटा ‘क्यान्डील’ बाल्नु भयो । अथवा आफ्ना साथीलाई बाल्न अनुरोध गर्नु भयो ।

प्राय गरेर पार्टि प्यालेस, रेष्टुरेण्ड तथा होटल अथवा घरमै जन्म दिन मनाएपनि पछिल्लो समय तडक भडक गरेर जन्मदिन मनाउने चलन सुरु भएको छ ।

तर कोशी प्रदेश सभासद पालुङ्गवाले भने बिना तटक भडक निकै सभ्य शैलीमा भावुक हुँदै जन्मदिन मनाउनु भयो ।

उहाँको जन्मदिन मनाउने स्थल थियो उर्लाबारी स्थित अनाथ बाल आश्रम । यहाँ रहेका ५७ जना बालबालिकाहरुलाई वरी परी राख्नु भयो । केक उनीहरुलाई नै दिनु भयो । बालबालिकाहरुलेनै केक काटे उनीहरुले खुसी भए । रमाइ । यसैमा सांसद पालुङ्गवा पनि आनन्दीत हुनु भयो ।

उहाँले आफ्ना केहि आफन्त र इस्टमित्रलाई पनि आश्रममै बोलाउनु भयो । आमन्त्रीत पाहुनाहरुलाई सबैभन्दा पहिला खाना खुवाउनु भयो । अनीमात्रै सामान्य औपचारिक कार्यक्रम सुरु भयो ।

सबैजनालाई खाना खाएसकेपछि उहाँले अनुरोध गर्नुभयो कि मेरो निमन्त्रणा मान्नु आउनु भएको छ अव मेरो एउटा आग्रह पनि मान्दीनुस् ।

उहाँको आग्रह थियो देश अहिले भुकम्पका कारण दुखमा छ । म यहाँ खुसी हुन सक्दिन । मृतकको आत्माको चीर शान्त्तीकालागि र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनाकालागि सबैले दीप प्रज्वलन गरौ ।’

उहाँको प्रस्तावले हासो र खुसीमा रमाईरहेको माहोल एका एका भावुक बन्यो । र सबैले स्विकार गर्दै हात हातमा क्याण्डील बोकेर बाल्न तीर लागे ।

अहिले आफु खुसी हुने बेला नभएको भन्दै आश्रमका बालबालिकासँग जन्मदिन मनाएको उहाँले बताउनु भयो ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु