जन्मदिनमा ‘क्यान्डील’ प्रज्वलन, सांसद पालुङ्गवा भन्नु हुन्छ ‘देश रोहेको बेला म हास्न सकिन’

Add a heading (5)

उर्लाबारी/

शोभा पालाङ्गवा चेम्जोङ कार्तिक १९ गते ५० वर्ष पुग्नु भयो । उहाँले आफ्नो जन्मदिनको अवसरमा ५० वटा ‘क्यान्डील’ बाल्नु भयो । अथवा आफ्ना साथीलाई बाल्न अनुरोध गर्नु भयो ।

प्राय गरेर पार्टि प्यालेस, रेष्टुरेण्ड तथा होटल अथवा घरमै जन्म दिन मनाएपनि पछिल्लो समय तडक भडक गरेर जन्मदिन मनाउने चलन सुरु भएको छ ।

तर कोशी प्रदेश सभासद पालुङ्गवाले भने बिना तटक भडक निकै सभ्य शैलीमा भावुक हुँदै जन्मदिन मनाउनु भयो ।

उहाँको जन्मदिन मनाउने स्थल थियो उर्लाबारी स्थित अनाथ बाल आश्रम । यहाँ रहेका ५७ जना बालबालिकाहरुलाई वरी परी राख्नु भयो । केक उनीहरुलाई नै दिनु भयो । बालबालिकाहरुलेनै केक काटे उनीहरुले खुसी भए । रमाइ । यसैमा सांसद पालुङ्गवा पनि आनन्दीत हुनु भयो ।

उहाँले आफ्ना केहि आफन्त र इस्टमित्रलाई पनि आश्रममै बोलाउनु भयो । आमन्त्रीत पाहुनाहरुलाई सबैभन्दा पहिला खाना खुवाउनु भयो । अनीमात्रै सामान्य औपचारिक कार्यक्रम सुरु भयो ।

सबैजनालाई खाना खाएसकेपछि उहाँले अनुरोध गर्नुभयो कि मेरो निमन्त्रणा मान्नु आउनु भएको छ अव मेरो एउटा आग्रह पनि मान्दीनुस् ।

उहाँको आग्रह थियो देश अहिले भुकम्पका कारण दुखमा छ । म यहाँ खुसी हुन सक्दिन । मृतकको आत्माको चीर शान्त्तीकालागि र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनाकालागि सबैले दीप प्रज्वलन गरौ ।’

उहाँको प्रस्तावले हासो र खुसीमा रमाईरहेको माहोल एका एका भावुक बन्यो । र सबैले स्विकार गर्दै हात हातमा क्याण्डील बोकेर बाल्न तीर लागे ।

अहिले आफु खुसी हुने बेला नभएको भन्दै आश्रमका बालबालिकासँग जन्मदिन मनाएको उहाँले बताउनु भयो ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तत्काल सम्झौता थप गरेर सडक कालोपत्रे गर्नुपर्ने स्थानीयको माग

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत