दमक/
तपाई हामीले प्रयोग गर्ने इन्टरनेटको एक महिनाको न्यूनतम शुल्क कति होला ? पक्कै पनि १ हजार भन्दा माथीनै यसको शुल्क तिरीरहनु भएको होला । तर अव सस्तो पनि यती सस्तो कि एक वर्षमा लाग्ने शुल्क भन्दा पनि कम शुल्कमा २ वर्षको इन्टनेट चलाउँने सुविधा आएको छ । त्यो सुविधा ल्याएको छ वाई फाई नेपाल ले । जसको सेवा दमकमा आजबाट सुरु भएको जानकारी दिन पत्रकार सम्मलेन गर्दै यसको शुल्क र सुविधाका बारेमा जानकारी गराइयो ।
वाईफाई नेपालका कार्यकारी अधिकृत शत्रुधन पञ्जीयारले पत्रकार सम्मेलनमा बोल्दै भन्नु भयो ‘नेपालमा हामी भन्दा कम शुल्कमा र छिटो गतीमा चल्ने इन्टरनेट सेवा कसैले दिनै सक्दैनन ।’ उहाँले यरी गरेको दावीलाई पुष्टि गराउन केहि कारणहरुपनि उल्लेख गर्नु भयो ।
उहाँका अनुसार वाईफाई नेपालको भुक्तानी अनलाईन मात्रै हुन्छ , ग्राहकसँग पैसा संकलन गर्ने कर्मचारी राखीएको छैन । यस्तै अर्को वाईफाईको नेटवर्क चलाउन उहाँहरुको आफ्नै सर्वर बिच्छाइएको छैन । अन्यकै सर्वरको पोर्ट प्रयोग गरेर सेवा दिइने छ । सर्वस बिच्छाउँदा हुने सबै भन्दा ठुलो लगानीलाई ग्राहकको सेवामानै लगाइएको छ ।
त्यहि भएर ५० एम बिवि एस इन्टरनेट २ वर्ष चलाउँन जम्मा ८ हजार ४ सय ७५ रुपैँया मात्रैतिरे पुग्छ । यदी यो स्पीड अलीक बढाउने र ८० एम विपिएसको खरिद गर्ने हो भने दुई वर्षको जम्मा ११ हजार ८ सय ६५ रुपैँया मात्रै तिरे पुग्छ ।
यो शुल्क १३ प्रतिशत कर, लाग्ने जडान शुल्क, राउटर तथा अन्य सबै सुविधा समावेश भएर आएको अन्तिम शुल्क रहेको पनि पञ्जीयारले उल्लेख गर्नु भयो ।
उहाँले वाईफाई नेपालको सेवा कसरी सस्तो बन्योा भन्ने बारेमा दिएको जानकारीको भिडियोको यहाँ राखएिको छ ।









