रामसागर गजको मृत्यू

कोशीटप्पुमा मकुनाको चिनो गुम्यो

सुनसरी
कोशीटप्पुले फेरि मकुनाको चिनो अर्थात छावा रामसागर गजलाई गुमाएको छ । गत मंसिर ११ गते जन्मेको छावाको मृत्युु भएको छ । गत असोज १७ मा कोशीटप्पुको हिरो भनेर चिनिएको मकुनाको ज्यान विद्युतीय धरापमा परेर गएको थियो। त्यही मकुनाको गत मंसिर ११ मा छावा जन्मिएको थियो।

आरक्षको सरकारी ढोई पोथी हात्ती शोभाकलीको गर्भबाट जन्मिएको रामसागर गजको २३ दिन पछि मृत्यु भएको हो। हात्तीसारनजिकै लडेर आइतबार मृत्यु भएको रामसागर गज जन्मदा शोभाकलीले केही समय कुल्चिएको एनटिएनसीका वीरेन्द्र गौतमले बताए। उनका अनुसार त्यही कारण उसमा समस्या आएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।