एमालेको समृद्धिका लागि संकल्प यात्रा आज सकिदै, यात्रामा के देख्यो एमालेले ?

दमक/
गत निर्वाचन पछि नेकपा एमाले जनतासँग प्रत्यक्ष जाडीने अभियानका साथ देश दौडाहममा निस्किएको छ ।

केहि महिना अघी आफ्नै पार्टि सुध्रिढ गर्न भन्दै मिसन ग्रास रुड सञ्चालन गरेको एमालेले अहिले मद्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ यात्रा गरिरहेको छ ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो यात्रा आज सकिदैछ ।

 

बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन गरिने एमालेले जनाएको छ।
१७ दिने अभियानमा एमालेले केके देख्यो ?
उपमहासचिव प्रदीप ज्ञवाली एमालेको मध्यपहाडी (पुष्पलाल) राजमार्ग यात्रामा मुख्यगरी तीन निष्कर्ष निस्किएको बताउँछन् । ‘विकास पहाडी गाउँ पसेको तर स्थानीय सहर पस्दै गएको । कृषिलगायत उत्पादन घटेको, रोजगारीको समस्या विकराल बन्दै गएको । र, जलवायुको असर जबर्जस्त देखिएको । यी समस्या समाधानका लागि महत्त्वपूणर् तथ्य तथ्यांक प्राप्त भएका छन्,’ उनले भने, ‘हामी प्राप्त सुझावलाई विश्लेषण गरी आगामी दिनमा ठोस योजना बनाउने छौं ।’

 

करिब दुई हजार किलोमिटर यात्रामा ३० ठूला सभा र करिब एक सय साना कार्यक्रमबाट एमालेले महत्त्वपूणर् राजनीतिक सन्देश पाएको ज्ञवालीले बताए । ‘जनताको गुनासा/सुझाव सुन्न चुनावबाहेक अरू बेलामा पनि राजनीतिक दलहरू गाउँ आउनुपर्ने हजारौंले सुझाव दिएका छन् । मुलुक परिवर्तनका लागि विगतमा महत्त्वपूणर् भूमिका खेलेका राजनीतिक दलप्रति जनताको अगाध भरोसा देखियो,’ उनले भने, ‘पक्कै पनि जनताका गुनासा छन् ।

 

गुनासा सम्बोधन हुने आशासहित उनीहरूमा एमाले, लोकतान्त्रिक गणतन्त्र, संविधानप्रति विश्वास छ ।’ एमालेको ‘लङमार्च’ ले मुलुकको लोकतान्त्रिक गणतन्त्रको भविष्यप्रति प्रश्न उठाउनेलाई बलियो जवाफ दिएको उनले तर्क गरे ।

 

‘राति १० बजेसम्म चिसोमा धैर्य गरेर सर्वसाधारणको सक्रिय सहभागिता रहनुको अर्थ हो, लोकतान्त्रिक गणतन्त्रप्रतिको भरोसा,’ उनले थपे । स्थानीय सम्बन्ध बलियो बनाउँदै यात्राले बलियो राष्ट्रिय शक्ति निर्माणका लागि ऊर्जा दिएको एमालेको निष्कर्ष छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको