दमकको व्यस्त बजारमा वडाकै बजेटबाट फूटपाथ बन्दै (भिडियो सहित)

दमक/
दमकमा अतीनै व्यस्त सडक मध्येको एक हो नयाँ सब्जी बजारको सडक । अन्य सडक भन्दा साधुरो भएकोले पनि यहाँ प्राय जतीबेलै सवारीसाधनको खचचाखच हुन्च । अझ सिटिसफारीहरुको अव्यवस्थित पार्किङले यसको अस्तव्यस्तता अझ बढाइदिएको छ । सडक किनारमामा फूतपाथको प्रबन्ध नहुदा पैदलयात्रुरुहले पनि यहाँ सहज सात्रा गर्न सकिरहेका छैनन । यही कुरालाई मद्यजनजर गरेर दमक नगरपालिका वडा नं ६ ले यहाँ फूटपाथ बनाउने काम धमाधम गरीरहेको वडाध्यक्ष टेक बहादुर थापाले बताउनु भयो ।

वडा कार्यालयले नै यहाँ फूटपाथ निर्माण गर्नकालागि भनेर बजेट बिनियोजन गरेपछि यो कामले मुर्त रुप लिन थालेको छ । वडाध्यक्ष थापाका अनुसार वडाले ६ लाख ७० हजार रुपैँया बिनियोजन गर्यो । यो रकम श्रमीकलाई ज्याला तिर्ने बाहेक अन्य काम गर्नकालागि हो । श्रमीकलाई ज्याला दिनकालागी चाहि नगरपाकिलामा सञ्चालन भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अरु १ लाख ८७ हजार रुपैँया बजेट पारेर फुटपाथ निर्माण गरिरहिएको वडाध्यक्ष थापाको भनाई छ ।

दमककोे सब्जी बजार रहेको दक्षिण तर्फको सडकमा अहिले पैदल यात्री हिड्न फूटपाथ बनिरहेको हो । पूर्वमा देवकोटा चोक उत्तर देखी पश्चिममा लायन्स चोक सम्मको २ सय मिटर सडकमा अहिले फूटपाथ बनिरहेको जनाइएको छ ।

भिडियोेमा हेरौ 

 

 

Share: