दमक/
झापाको दमक ९ मा रहेको सरस्ती माद्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा साथै केहि फलफूल वितरण गरिएको छ ।
चिसोको मौसम सुरु भएसँगै विप्पन्न तथा कम आय आर्जन भएका समुदाय चिसोमा बढि प्रभावित हुने भएको भन्दै प्रहरी श्रीमती संघं कोशी प्रदेश समितीले न्यानो कपडा वितरण गरेको हो ।
संघंकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले यस अघीपनि आफुहरुले विभिन्न मानवीय सेवाका काम साथै उद्यमसिलताका कार्यक्रम गर्दै आएको जानकारी गराउँदै भन्नु हुन्छ ‘ तराई क्षेत्रमा बढीरहेको चिसोका कारण गरीव तथा विप्पन्न वर्गहरुमा परिरहेको समस्यालाई मद्यनजर गरेर यो विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयको सहयोगमा सम्पन्न भएको कार्यक्रममा दमकका बिभिन्न सामाजीक तथा राजनैतिक, शैक्षिक व्यक्तित्वहरुको पनि उपस्थित रहेको थियो । अहिले यहाँ १२ जना दृष्टिबिहीन विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । विभिन्न जिल्लाबाट यहाँ आएर पढ्ने यस्ता बालबालिकाहरु अधिकांक विपन्न परिवारबारका रहेका छन् । तर उनीहरुलाई उचीत सहयोग गर्ने हो भने अव्वल नागरिक बनेर निस्केको र समाजमा उदाहरणीय बन्ने गरेको दृष्टान्त नगरकी उप प्रमुख रेगीना भट्टराई प्रसाईले उल्लेख गर्नु भयो ।
सरस्वती माद्यमीक विद्यालयमा विषेश कक्षा सञ्चालन गर्न भनेर बेग्लै भवन बनाइएको छ । यहाँ दृष्टिबिहनका साथै अटीजम बालबालिकाहरुपनि अध्ययन गर्छन । फरक क्षमता भएका सिवद्यार्थीहरुकालागि प्रदेश स्तरीय श्रोत विद्यालयको रुपमा यसलाई विकास गराइएको छ । केन्द्र सरकारले विभिन्न संरचना बनाउन र शैक्षीक रुपमा योगदान गरेको कुरा स्मरण गर्दै दमक नगरपालिकाका प्रमुख राम कुमार थापा भन्नु हुन्छ ‘हामीपनि यी विद्यार्थीहरुप्रति संवेदनशिल छौ । सबै क्षेत्रको सहयोग र सहकार्यमा उनीहरुको भविष्य उज्वल बनाउन लागी परौ ।
कोशी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरिक्षक राजेशनाथ बास्तोलता तथा प्रहरीका अन्य बिभिन्न दर्जाका प्रहरीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजीता देवकोटा बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक डम्बर विस्वकर्माले सञ्चालन गर्नु भएको थियो ।
भिडियोेमा हेरौ









