दमक/
दमकमा एउटा व्यवस्थित र सुविधा सम्पन्न पिकनीक खान जाने ठाउँको अभाव छ । जसका कारण यहाँका बासिन्दा पिकनिक खान जानु पर्यो भने दमक बाहिरका स्थानमा जानुपर्ने बाध्यता छ । जसले गर्दा खर्च र समय दुवैको अनावश्यक खर्च भइरहेको छ । अझ बालबालिकाहरुलाई टाढा लैजादा यात्रा असुरक्षीत हुने जस्ता समस्या पनि यहाँका अभिभावकले भोग्दै आएका छन् ।
यस्ता सबै समस्यालाई मध्नजर गर्दै झापाको दमक ९ स्थित चन्द्रमा पार्कमा पिकनिक खान चाहनेहरुकालागि नया गन्तव्यको रुपमा विकास गराइने भइएको छ । यो ठाउँ निर्माण गर्नकालागि अहिले यहाँ समिती पनि बनाइएको छ । समितीका अध्यक्ष सञ्जीत तामाङ भन्नु हुन्छ पार्कमा रहेका रुखहरुमा रङ्गरोगन गर्ने, भएको जमिन सम्याउने , आगन्तुकलाई बस्नकालागि फलैँचा निर्माण गर्ने जस्ता काम पहिलो चरणमा गरिने छ ।’
यो ठाउँमा सरसफाई गरेर चिटिक्क पारिने छ । सम्भव भयो भने केहि फूलहरुपनि रोपीने छ । आकर्षक पिकनीक पार्क बनाइसकेपछि गाउँकै यूवाहरुले पिकनिक खाने र त्यसलाई अधिकतम प्रचार गरेपछि आफ्ना साथी सर्कललाई समेत यहाँ पिकनिक खान आउन अनुरोध गरेपछि यहाँ आगन्तुकहरु आउन सक्ने विस्वास छ समितीका सचिव दिपक कुमार श्रेष्ठलाई ।
झण्डै ६ बिगाह क्षेत्रफलमा फैलिएको चन्द्रमा पार्कको वरी परी पक्की संरचना सहितको घेराबारा गरिएको छ । नजिकै एउटा दिपिनी खोलाको पानी छ । जहाँ निरन्तर पानी बगिरहन्छ । यो बगेको पानीलाई एक ठाउँमा एकिकृत गर्ने र यसमा डुङ्गा चलाउनेका साथै फिसिङ समेतको सुविधा थपेर यसलाई दमक सहित आसपासका मानीसहरुकालागि उत्कृष्ट पिकनिक स्पोर्ट बनाउने लक्ष्य वडाको रहेको वडा नं ९ का वडाध्यक्ष कुबेर भट्टराईको भनाई छ ।
अहिले तत्कालकालागि पिकनीक स्पोर्ट निर्माण गर्न वडा सरकारले १ लाख ५० हजार रुपैँया बिनियोजन गरेको छ । यसबाट पिकनिक स्पोर्टको आधारसिला निर्माण गरिने जनाइएको छ । आवश्यकताका आधारमा अन्य संरचना थपीने र बनीरहेको नयाँ डिपिआरका आधारमा सरकारका अन्य तहसँग समेत सहकार्य गरी यसलाई पिकनीक स्पोर्ट मात्रै नभएर सँधैभरी आउने , घुम्न मिल्ने गरिको पार्क निर्माण गर्ने योजना रहेको बताइएको छ ।
भिडियोमा हेरौ










