दमक/
केहि दिन अघी सस्कृति पर्यटन ततथा नागरिक उडयन मन्त्री सुदन किरातीले दिएको अभिव्यक्तिलाई लिएर अहिले पनि सामाजीक सञ्जाल रङ्गीनै रहेको छ ।
क्रिस्चीयन धर्मावालम्बीहरुको कार्यक्रमै गएर उहाँले ‘यो धर्म मान्दिन भन्नु भनेको नेपालको संविधान मान्दिर भन्नु हो, नेपालको संविधान मान्दिन भन्नु भनेको देशद्रोही हो, देशद्रोहीहरुलाई च्याप्प समाउने जेलमा हाल्ने’ भनेर दिएको अभिव्यक्तिको अहिले खुव आलोचना भइरहेको छ ।
क्रिस्चियनको कार्यक्रममा गएर यस धर्मका अनुवायीहरुलाई खुसी पार्न दिइएको यो अभिव्यक्तिलाई लिएर क्रिस्चियन धर्मावाल्मी इत्तरले सडक सम्मै उत्रेर विरोध गरेपनि यो धर्ममा लागेकाहरुले प िउती स्वागत चाहि गरेनन् ।
दमकमा रहेको गुड न्यूज चर्चका पास्टर तथा दमक नगर इसाई समितीका सल्हाकार समेत रहनु भएका पास्टर राजकुमार राईले मन्त्री किरातीको अभिव्यक्तिले धार्मीक द्धन्द निम्ताउने खतराको संकेत भएकोले यस्ता आषयका अभिव्यक्ति नदिन सुझाव दिनु भएको छ ।
बिभिन्न धर्महरुसँगै मिलेर बसेका नेपालीहरुलाई सरकार तथा विभिन्न राजनैतिक दलका शिर्षस्त नेताहरुको यस्ता भाषणा तथा अभिव्यक्तिले मनमा तुसारोपन सिर्जना हुन सक्ने भन्दै सार्वजनिक व्यक्तिहरले बोल्दा बिचार पुर्याउनु पर्ने उहाँको भनाई थियो ।
उज्यालो खवरको कार्यालयमा आएर यस बारेमा बोल्दै पास्टर राई भन्नु हुन्छ ‘मन्त्री किरातीले भनेजस्तो हामीलाई अन्य कुनै पनि धर्म मान्नेहरुले अवरोध गरेका छैनन , कसैले पनि हामीले दुर व्यवहार गरेका छैनन । हामी एउटै समाजमा मिलेर बसेका छौ ।’
राईसँगको संवादलाई तलको लिंकमा राखीएको छ ।