दमकको फोहोर फाल्ने समस्या, पर्यावरण, पानी र मानवजीवनमा प्रत्यक्ष असर (भिडियोमा हेरौ)

दमक/
हंम्से दुम्से सामुदायीक वन । यसले यहाँको पर्यावरणलाई सुरक्षीत पारेको छ । गाउँ हराभरा बनाउन मद्यत पुगेको छ भने अक्सिजनको अभाव समेत हुन दिएको छैन । यहाँबाट २ हजार भन्दा बढि घर परिवारले पानी पनि प्रयोग गरिरहेका छन् । वातावरण स्वच्छ र सफा पार्न यसले भूमिका निर्वाह गरिरहेको छ । तर यही वन अहिले भने फोहोरी वन बन्दै छ । दमकको शिरको रुपमा परिचित यो वनमा दमक बजारमा उत्पादन भएका फोहोरहरुलाई वनभित्र खाल्डो खनेर फालीएको छ । जसले गर्दा यहाँको पर्यावरणमा ह्रास आइरहेको छ । पानीको मुहानमा फोहोर मिसन थालेको छ । स्थानीय उपभोक्ता सुमीत्रा प्रसाई भन्नु हुन्छ यहाँ दमक नगरपालिकाले फोहोर फाल्न लगाउँदा यसले तत्काल मात्रै नभएर दीर्घकालीन रुपमा समेत असर पार्ने छ । त्यसैले उहाँको सुझाव छ वन भित्र फोहोर फाल्न बन्द गर । नगर सरकारले फोहोरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर ।

पछिल्लो समय दमक नगरपालिकाले फोहोर फाल्ने ठाउँ भनेर वन भित्रको क्षेत्रलाई देखाइदिएपछि यसले विवाद बढाएको छ । वनको जग्गा सरकरको कुनैपनि निकायले आफुखुसी प्रयोग गर्न नमिल्ने कानुनी प्रावधानलाई समेत दमक नगरपालिकाले मिचेर वनको जमिन अतिक्रमण गरेको ठहर हंसे दुम्से सामुदायीक वनको छ । दमक नगरपालिकाले यस अघी यो वनका पदाधिकारी तथा अन्य सरोकारवालालाई बैठकमा बोलाएको भएनपनि उनीहरु नगरको बैठकमा गएनन् । फोहोर फाल्नु भन्दा अघीनै यस बारेमा नगरपालिकालाई जग्गा अधिग्रहण गर्ने सम्बन्धमा सुझाव दिइएको भएपनि त्यो प्रकृयाको थालनी समेत नगरेर अहिले नगरपालिकाले बल मिच्चाई तरिकाले पर्यावरणलाईनै असर पार्ने गरि फोहोर फालेको भन्दै उपभोक्ता समितीले आपत्ती जानाएको समिती अध्यक्ष चन्द्र गुराईकोले बताउनु भयो ।

दमक नगरपालिकाले दमकको शिरमा फोहोर फाल्न लगाएर पुरै दमकलाई दुर्घन्धीत, प्रदुशीत र पर्यावरणीय दृष्टिकोणमा समेत असर पाने काम गरिरहेको डिभिजन वन कार्यालय दमकका प्रमुख एकराज दाहालले बताउनु भयो । यसबारेमा पालिका सरकारले विना अध्ययन र यसले पार्ने क्षतीको पूर्वानुमान नगरि फोहोर फाल्न दिनु नागरिकको स्वास्थ्य र वातावरणको संरक्षणमा नगर सरकारको ध्यान रहनेछ भन्ने कुरालाई उद्धाङ्गो पारिदिएको आशय दाहालको छ । दाहाल भन्नु हुन्छ दमकको पानीको मुल मुहानमा फोहोर गाडीदा नगरवासीले कस्तो पानी प्रयोग गर्लान ? यसले पर्यावरणमा कस्तो असर पार्ला यसको अध्ययन गरिनुपर्दैन ?

विभिन्न विकसित देशहरुमा फोहोरलाई उत्पादनसँग जोडेर रोजगार सिर्जना गराउने काममा प्रयोग गरिएको छ । तर दमकमा भने यसैमा राजनिती गरिरहिएको छ । अमेरिमा फोहोर व्यवस्थानकै क्षेत्रमा काम गरेर फर्कनु भएका दिपक चापागाई भन्नु हुन्छ दमकको फोहोर व्यवस्थापन गर्ने काम कुनै जटिल काम हैन । यसमा उपभोक्तालाई जागरुप बनाउने र केहि मेसिनको प्रयोग गर्नेहोभने फोहोरलाई आम्दानीको रुपमा प्रयोग गर्दै आन्तरिक रोजगारीको पनि व्यवस्था हुन सक्छ । यसबारेमा दमक दमक नगरपालिकाले ध्यान दिनु पर्छ ।

चरम मौसमी अवस्थाका कारण जलवायुसम्बन्धी धेरै सूचकका सीमाहरू भङ्ग भएको वर्षको अन्त्यतिर कोप–२८ वा २८औँ विश्व जलवायु सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल सहभागी भएर आउनु भयो । त्यहाँ नेपालमा पर्यावरणको चुनौती र समस्याका बारेमा उहाँले यसको रक्षाकालागि विस्वसामु हात फैलाएर फर्केपनि यता पालिका सरकार भने पर्यावरण संरक्षणलाई कम महत्व दिदै यसलाई थप संकट तर्फ लैजान खोजी रहेको देखिन्छ ।

भिडियोमा हेरौ 

 

Share: