Search
Close this search box.

दमक/

झापाको दमक ९ मा दमक सभाहल बनीसकेको छ । यसको बाहिरी तर्फको सबै निर्माणको काम सकिएको र भित्रीभागमा कुर्सी तथा अन्य केहि कामहरु अहिले हुन सकेका छैनन । यसको उचीत पहल नगरिएका कारण निर्माण सम्पन्न भएपनि सञ्चालन हुन सकिरहेको छैन ।

नेपाल सरकारले दमक सभाहलको नाममा रातो कितावै उल्लेख गरेर बजेट बिनियोजन गरेर यसको निर्माण सम्पन्न गराएको छ । तर अहिले यो सभाहलको नाम परिवर्तन गरौ आउनुस आन्दोलन गरौ भन्दै दमक नगरपालिकाका मेयर राम कुमार थापाले सार्वजनिक रुपमै उद्धघोष गर्नु भएको छ ।

सोमबार कमल स्थित आदीवासी रङ्गशालामा भएको उद्योली तथा चासोक तङनाम कार्यक्रममा विषेश अतिथीको रुपमा आफ्ना भनाई राख्दै मेयर थापाले भन्नु भयो ‘दमकको सभाहल सुरुमा फाल्गुनन्द सभा हलको नाममा सिलान्यास भएको थियो । अहिले यो दमक सभाहल भएको छ । तपाईहरु आउनुहोस यसको नाम फेर्नकालागि , म नगरपालिकाको तर्फबाट गर्न सक्ने जती सबै सहयोग गर्छु र पहिचानकालागि त्यसको नाम फाल्गुनन्द नै बनाउँ । ’

 

उहाँले पहिचानकालागि खुट्टा नकमाउन अनुरोध गर्दै स्टेजमा बसेका दमकका पहिचानवादीलाई औला ठड्याउँदै भन्नु भयो ‘आन्दोलन गर्नुस त्यसकालागि , अभियान चलाउनुहोस, किन हुँदैन ? ’ भन्दै उहाँले भन्नु भयो यदी यसलाई तुहाउनु भयो भने तपाईहरु अपराधी ठहर्नु हुन्छ ।’

 

 

माहोललाई आफ्नो पक्षमा पार्न उहाँले प्रदेशको नामका बारेमा पनि सन्तावना भाषण त्यहाँ दिनु भयो । दमकको मेयर पदमा रहेपनि आफ्नो पार्टिको लविङ मार्फत अहिलेको पहिचानवादिको आन्दोलनलाई निणर्यक तहमा पुर्याउन आफ्नो साथ र समर्थन रहने कुरा पनि उहाँले बोल्नु भएको थियो ।

भिडियोमा हेरौ

 

Share:

Facebook
Twitter
Email
WhatsApp