मुख्यमन्त्री राजेन्द्र राई द्धारा उद्घाटन हुदै

देश विदेशमा चिनाउन १३ कुने महोत्सव हुने भएको छ

इलाम
नयाँ पर्यटकीय गन्तव्यका रुपमा विस्तार हुँदै गएको १३ कुने सिमसार क्षेत्रको प्रचार गरी देश विदेशमा चिनाउन आजदेखि १३ कुने महोत्सव हुने भएको छ। इलामको माई नगरपालिकामा रहेको १३ कुने पोखरीमा पर्यटक प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हा े।
महोत्सवको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नेछ ्।

महोत्सवमा स्थानीय परिकार तथा स्थानीय पर्यटकीयस्थलको प्रवर्द्धन गरिने छ । महोत्सवमा दैनिक ५ हजार बढी आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । महोत्सवसँगै सो पोखरीमा दुई डुङ्गा सञ्चालन गरिने भएको छ । महोत्सवमा राष्ट्रिय कलाकार राजेशपायल राई, पार्वती राई, विनोद खम्बू, हाँस्य कलाकार खड्गबहादुर पुन ९खबपु०, मनोज गोर्खाली र जादुगर राजेन्द्र गिरीको प्रस्तुति रहने अध्यक्ष कहरसिंह राइले बताए ।

सिमसार मात्र नभएर यस क्षेत्रभित्र पर्ने सुखानी शहीद पार्क, सोक्तिम, चिलिमकोट चिया बगान, माई जलाधार क्षेत्रदेखि सिद्धिथुम्का चुली, पङ्खेलुङ झरना, पानीटार क्षेत्रको रुट तयार गरी प्याकेजमा लैजान सकिने सम्भावना रहेको बताइएको छ । माई नगरपालिका-१ मा रहेको बिहीबारेमा सिमसार संरक्षण गर्न स्थानीयले महोत्सवको आयोजना गरेका हुन् । सिमसार क्षेत्रको नामले परिचित यो ठाउँको प्रचारप्रसार गरी नयाँ पर्यटकीय गन्तव्य बनाउन यही पुस ११ गतेसम्म महोत्सवको आयोजना गरिएको हा े।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच