निर्माणको क्रममा भोजपुरमा पुल भत्कियो

414853008_3587823858127737_1622011953026781264_n-1703747042

भोजपुर/

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भत्किएको हो।

‘बन्दाबन्दैको पक्की पुल भत्किएको हो। पुल भत्किएर मानवीय क्षतिचाहिँ भएको छैन,’ षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले सेतोपाटीसँग भने।

उनले पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भत्किएको बताए।

‘खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको थियो। त्यसमाथि फलामका छडहरू बाँध्ने काम भइरहेको थियो। आज बिहान अचानक भत्कियो। के कारणले भत्किएको हो भनेर जाँचबुझको काम भइरहेको छ,’ उनले भने।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९मा उक्त पुल ठेक्का लगाएर बनाउन थालिएको पनि उनले बताए। उक्त पुल दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको हो। पुलको लागत ६ करोड ३० लाख रूपैयाँ रहेको पनि उनले बताए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।