‘अण्डा खानुहोला स्वस्थ्व रहनु होला’ (भिडियोमा हेरौ)

दमक/
‘अण्डा खानुहोला स्वस्थ्व रहनु होला’ भन्दै झापाका पोल्ट्रि व्यवसायीहरु अस्पतालको शैया शैयामा पुगे । अनाथ बालबालीकाको चुल्होमा पुगे । अनी अण्डा खाँदा शरीरले के पाउँछ भन्नेबारेमा विद्यार्थीहरुसँगै बसेर अन्तरकृया पनि गरे ।

सबैभन्दा पहिला दमकमा उपचार गराइरहेका विरामीहरुलाई अण्डाका साथमा फलफूल समेत वितरण गरिएको कार्यक्रमको झलक हेरौ ।

झापा जिल्ला अण्डा उत्पादक सघंले ११ औ राष्ट्रिय पोल्ट्रि दिवस मनाउने क्रममा दमक अस्पतालमा पुग्यो ।

प्रत्येक वर्षको पुष १७ गते यो दिवस मनाइन्छ । अण्डालाई एक पौष्टिक आहाराको रुपमा लिइन्छ । दैनिक पोषणमा सबैभन्दा बढी तत्त्व अण्डामा पाइन्छ । यसमा रहेको उच्च गुणस्तरको प्रोटिन ओमेगा ३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट १३ का अतिरिक्त अत्यावश्यक भिटामिन र खनिजको उत्कृष्ट स्रोत हो ।
अण्डाको पहेँलो भागमा उच्च गुणस्तरको प्रोटिनका साथै महत्त्वपूर्ण स्वस्थ बोसो, खनिज, भिटामिन र एन्टिअक्सिडेन्टहरू पाइन्छ । अण्डाको सेतो भागमा ६० प्रतिशत उच्च गुणस्तरको प्रोटिन पाइन्छ । यो हाम्रो शरीरलाई चाहिने दैनिक आहार एक महत्त्वपूर्ण भाग हो । यसै कारण पनि अण्डा उत्पादकहरुले दमक अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई अण्डा बितरण गरे । दमक नगरपालिकाकी उप–प्रमुख रेगिना भट्टराईको उपस्थितीमा सघंले ६० जना बिरामीलाई दुई÷दुई वटाका दरले अण्डा र साथमा केहि फलफूल पनि वितरण गर्यो ।
अव यी दृश्य चाहि दमक ९ मा रहेको बाल अश्रमको हो । अस्पतालमा बिरामीहरुलाई पौष्टिक तत्व बढोस भनेर अण्डा वितरण गरेको सघंले अनाथ बालबालिकाहरुकालागि पनि रोग लाग्नै नदिन तथा रोग प्रतिरोधात्मक क्षमता बढोस भन्न अण्डा बितरण गर्यो । यहाँ रहेका बालबालिकाहरुले कम्तिमा दिनमा एउटा अण्डा खान पर्छ भन्ने बानीको विकास गराउन पनि यहाँ यो कार्यक्रम गरिएको अयोजकले जनाएको छ । त्यसको सुरुवात गराउन सघंले दुई दुईवटाका दरले पुग्ने गरी ९० वटा अण्डा र केहि फलफूलहरु समेत हस्तान्तरण गरेको छ । एकमुस्ट रुपमा आश्रमका पदाधिकारीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।
अव चाहि निकै महत्वपूर्ण कार्यक्रमका दृश्यहरु यहाँ देखाउँदै छौ । यो दृश्य हो दमक १० स्थित सिहंदेवि माद्यमिक विद्यालयको । यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई अण्डाको महत्वका बारेमा उनीहरुसँग अन्तरसंवाद गरियो । त्यहाँ अण्डा सम्बन्धीका जानकार, अण्डा खाँदा हुने फाईदाका बारेमा जान्नेहरु, अण्डा उत्पादन गर्नेहरु निती बनाउने जनप्रतिनिधि , विद्यार्थी र शिक्षकहरुको उपस्थिती रहेको थियो । अन्तरसंवाद कार्यक्रममा बोल्दै नेपाल पशुपंक्षी औषधी व्यवसायी सघं कोशी प्रदेशका सचिव सुवास गड्तौला भन्नु हुन्छ ‘ कुखुराको मासु, मासुजन्य सामाग्री र अण्डामा पौष्टिक तत्वकाको मात्रा मनग्गे रहेकोले यसको सेवनबाट बालबालिकाहरुको स्मरण शक्ति तथा अन्य विभिन्न विकासक्रममा मद्यत पुग्ने छ ।
एउटा मझौला (५० ग्राम तौल) अण्डामा करिब ६ ग्राम प्रोटिन, ५ ग्राम चिल्लो पदार्थ (याट) र ०.५ ग्राम कार्बोहाइड्रेट पाइन्छ । यसको ७० प्रतिशत याट असंतृप्त याट्टि एसिडले बनेको हुनाले स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा कार्बोहाइड्रेट न्यून मात्रामा पाइन्छ तर रेसा (डाइटरी फाइबर) हु“दैन । एउटा अण्डाले लगभग ७५ किलोक्यारोली शक्ति दिने भन्दै यसको नियमीत सेवन गर्न अण्डा उत्पादक सघं कोशी प्रदेशका पूर्व संयोजक माधव पराजुली अनुरोध गर्नु हुन्छ ।
पशुपंक्षीजन्य खानेकुरामा अण्डा एक सानो रुप भएपनि यसमा धेरै तत्वहरु मिलेर बनेको हुन्छ । यसमा पानी, प्रोटिन, फ्याट, मिनरल्स्मा पनि फोस्फोरस, क्याल्सियम जस्ता धेरै भिटामिन ए, डि, इ र बि कम्पेल्कस बि १२ जस्ता धेरै तत्वहरु मिलेको हुन्छ। यो बच्चा र आमा बढि पोषिलो मानिन्छ किनभने एम्युन एसिडले शरीरमा बृद्धि विकास गर्नको लागि सहयोग गरीरहेको हुन्छ। त्यसैले सघंका झापा अध्यक्ष भरत चौँलागाईले हप्तामा दुई दिन यस विद्यालयका विद्यार्थीहरुले खाने दिवा खाजामा अण्डा उपलब्ध गराउने प्रतिवद्धता समेत जानाउनु भएको छ ।
शरीरमा रोगसँग लड्ने क्षमता पनि दिने र आमाहरुलाई उमेर बित्दै जादाँ आँखा नदेख्ने क्षमता कम हुने समस्यालाई पनि अण्डाले सहयोग गरीरहेको हुन्छ। फोस्फोरस र क्याल्सियम पनि अण्डामा समावेश हुनेभएको कारणले यसले स्वस्थ रुपमा उत्पादन गर्न सहयोग गरिरहेकोले यस्तो महत्वपूर्ण जानकारी विद्यार्थी माझ राखेकोमा दमक नगरपालिका वडा नं १० का वडाध्यक्ष राजेन्द्र भण्डारीले आयोजक सस्था प्रति आभार व्यक्त गर्नु भयो ।

काँचो अण्डा भन्दा उसिनेको अण्डा वा पकाइएको अण्डा धेरै फाइदाकारी हुन्छ किनभने यसबाट हाम्रो शरीरले धेरै मात्रामा पोषक तत्व प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै दमकभरी रहेका सबै सामुदायीक विद्यालयको दिवा खाजाकालागि सघंसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले ।

र अन्तयमा फेरीपनि अण्डाले मस्तिष्कको स्वास्थ्य प्रवर्द्धन गर्छ ,तनाव कम र तौल व्यवस्थापनमा मद्दत गर्छ,आँखाका लागि राम्रो हुन्छ, उच्च मात्रामा भिटामिन डी पाइन्छ , तथा हृदयघातको जोखिम कम गराउछ भन्नेबारेमा बिज्ञहरुले बताइसक्नु भएको छ । र ढुक्ककासाथ अण्डाको सेवन गर्न बिज्ञको सुझाव रहेको छ ।

भीडियोमा हेरौ

Share: