दमक/
झापाको दमक नगरपालिका वडा नं ८ को कार्यालय । कार्यालयको वडाध्यक्षको कार्यकक्षमा भरीभराउ यी नागरीक । यहाँ तीन पक्ष बिच निकै चर्का चर्की बहस चलीरहेको थियो ।
एक थरी भनिरहेका थिए, हामीलाई अत्यन्तै महगो मुल्यमा ग्यासको सिलिण्डरमा लगाउने रेगुलेटर तथा अन्य सामाग्रीे बेचिएछ हामी ठगीयौ , अर्का थरी अर्थात बस्तु बेच्ने सस्थाका प्रतिनधी भनीरहेका थीए हामीले ठगेका छैनौ, सम्बन्धीत निकाय अर्थात वडाका जनप्रतिनधी भन्दै थीए हाम्रा नागरीको गुनासोलाई सम्बोधन गर्नुस ।
यी तीन थरी बिच निकै लामो समय चर्का चर्की शैलीमै बहस भयो । र एक प्रकारको निक्र्यौल पनि निस्क्यो ।
खास भएको के थियो ?
ललीतपुर महानगरपालिका वडा नं १५ खुमलटारमा रहेको एल पि संयूक्त किचन ग्याँस सेन्टर प्रालिले दमकमा ग्यासको प्रयोग बारे सचेतना जगाउने कार्यक्रम गर्न दमक नगरपालिकाबाट अनुमती लियो ।
यो सस्थाको नारानै छ ‘जाने ग्यास नजाने विनास’ हो यो नाराको भाव ग्यास चलाउन सहि तरीकाले नजान्ने हो भने यसले मानविय तथा अन्य भौतीक क्षती गराउछ भन्नु नै हो । तर यस्तो मिठो नारा लेखेको यो सस्थाले उपभोक्ताबाट नियमविपरित रमक असुली गरेको र बजार मुल्य भन्दा पनि बढी शुल्कमा ग्यासको सिलिण्डरमा जाडान गरिने सामाग्री बेच्ने गर्दो रहेछ । गत मंसिर ६ गते दमक नगरका विभिन्न स्थानमा गएर ग्याँसको सुरक्षा बारेमा सचेतना कार्यक्रम गर्न भन्दै नगरपालिकासँग अनुमती पत्र लिएको यो सस्थाले सचेतनाका साथै आफ्ना सामान पनि बेच्ने गरेको पाइयो । हुन त सचेतना जगाउने अनुमती मागेको यो सस्थालाई दमक नगरपाकिलाका प्रमुख प्रशाषकिय अधिकृत गणेशराज कार्कीले सामान खरिद बिक्रि गर्न पनि अनुमती दिएको पत्रले प्रष्ट देखाइदिएको छ ।
तर उसले बेच्ने सामान कस्ता र कती मुल्यका हुने छन् र ती बजार मुल्य भन्दा कति फरक र सामाग्रीको गुणस्तरीयताको ग्यारेण्टी के भन्ने बारेमा नगरले कुनै सोधी खोजी गरेन । यसरी सजीलै आफ्ना उत्पादन बिक्रि गर्ने अनुमती पाएको सस्थाले बजार मुल्य १ हजार २ सय मा पाउने रेगुलेटर २०५० मा बिक्रि गरियो, यती मात्रै नभएर यो रेगुलेटर सेट गर्दिन भन्दै अतिरिक्त सेवा शुल्क ५ सय रुपैँया पनि उपभोक्ताबाट लिइएको छ ।
एल पि संयूक्त किचन ग्याँस सेन्टरको दमकमा कुनैपनि आधीकारीक बिक्रि गर्ने पसल छैन । कुनै बिक्रि केन्द्र पनि छैन । कोहि प्रतिनिधी पनि छैनन । काठमाडौ उपत्यकाबाट आएका यस्ता ब्यापारीलाई महगोमा सामान बिक्रि गर्न अनुमती दिएपछि उपभोक्त ठगीए । तालीममा बिभिन्न प्रलोभवन देखाउने गरेको तथा अहिले जडान गरिरहिएको रेगुलेटर खतरा हो भन्दै फेर्न अभिप्रेरीत गरेर सामान बेचेको उपभोक्ताहरुले उज्यालो खवरको क्यामारामा बताएका छन् ।
यसरी उपभोक्ताहरुले आफ्नो कार्यकक्षनै घेरेपछि वडाध्यक्ष दिपेश दाहालले सामान बेच्ने एल पि संयूक्त किचन ग्याँस सेन्टर प्रतिनिधी बेनु कुमार खड्कालाई कार्यालयमा बोलाइयो । उपभोक्ताको व्यापक गुनासो आयो । हामीलाई धेरै पैसा लिइयो । अनावसश्यक खर्च भयो । हामीलाई ठगीयो । त्यसपछि वडाले दमक बजारमा ग्यासका सिलिण्डर तथा जडान सम्बन्धीका सामान बेच्ने व्यापारीका प्रतिनिधीहरुलाई पनि छलफलमा बोलायो । यसरी सर्वपक्षीय छलफलबाट समेत एल पि संयूक्त किचन ग्याँस सेन्टरले उपभोक्तालाई महगोमा सामान बेचेकोनै हो भन्ने कुराको निष्कर्ष निकाल्यो । त्यसपछि सामान बेच्ने कम्पनीलाई खरिद बील देखाउन भनीयो ।
नेपाल सरकारले सामान बेच्दा अधिकतम २० प्रतिशत सम्म मात्रै नाफा राखेर बेच्न पाउने प्रावधान बनाएको भएपनि सो खरिद बिलकै आधारमा पनि ख्डकाले २५ प्रतिशत भन्दा बढि मुनाफा राखेको र अझ अतिक्ति सेवा सुल्क भनेर पनि उपभोक्ताबाट पैसा संकलन गरेको तथ्य भेटियो । त्यसपछि सो सेवा शुल्कको रकम र अधिकतम मुनाफा लिएको रमक घटाउने र सो घटेको रकम उपभोक्तालाई फिर्ता गर्ने सहमती भयो । सगै यदी उपभोक्ताले ती सबै सामान फिर्ता गर्ने इच्छा प्रकट गरेमा सो पनि गर्नु पर्ने र यस पछि दमक नगरपालिकामा नगरको अनुमती र नगरलेनै मुल्य समेत निर्धाणर नगरिदिए सम्म एल पि संयूक्त किचन ग्याँस सेन्टरले कुनै पनि सामान बिक्रि गर्न नपाउने भन्दै सहमती गराइएको वडाध्यक्ष दिपेश दाहालले जानकारी दिनु भयो ।
यता एल पि संयूक्त किचन ग्याँस सेन्टरका प्रतिनिधी बेनु कुमार खड्काले आफुले उपभोक्तालाई जर्वजस्ती सामान नबेचेको जिकिर गर्दै भने सामान फिर्ता गर्न चाहाने तथा यहाँ सहमती बमोजिम काम गर्न समेत आफु तयार रहेको स्विकार गर्नु भएको थियो ।
एल पि संयूक्त किचन ग्याँस सेन्टरले एक महिनाको अवधीमा ६ सय भन्दा बढि उपभोक्ताको घरमा गएर यी सामान बिक्रि बितरण गरीसकेको समेत खड्काले जानकारी दिनु भयो । अव सबै उपभोक्ताको घर घरमा गएर यहाँ सहमती भएबमोजिमको काम गरिदिने उहाँले प्रतिवद्धता जनाउनु भएको छ
भिडियो
https://youtu.be/0Q8DtcK3Q6A