Search
Close this search box.

दमक/

झापाको दमकका माछा पसलहरुमा सरकारको मापदण्ड बिपरितका माछा किनबेच भइरहेको पाइएको छ ।दमक नगरपालिकाको बजार अनुगमन समितीले आज गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो ।

पहिलो दृश्य :

दमक ६ स्थित नगरपालिका रोडभीत्रको । अर्थात पुरानो सब्जी बजार । यहाँ वर्षौ देखी माछाको किनबेच हुन्छ । पुस्तौ देखीको माछा व्यवसाय गरीरहेको बताउँने यहाँका व्यापारीहरुमा विभिन्न कैफियत भेटियो ।

कैफिययत नम्बर १ :

यहाँका अधिकांश पाछा पसलले आफ्नो खरिद बिल देखाउनै सकेनन् । नियम अनुसार हरेक व्यापारीले आफ्नो सामानको खरिद बिल अनुगमनमा आएको सरकारी टोलीलाई देखाउनु पर्छ र त्यसमा सरकारले तोकेको मुनाफा राखेर बेच्न पाइन्छ । तर यहाँका ब्यापारीले कहाँको माछा कतिमा खरिद गरेर ल्याएका थीए भन्ने कुराको कुनै प्रमाण देखाउन सकेनन । बिक्रिकालागि राखीएको सबै माछा जफत गरियो ।

कैफियत नम्बर २ः

यहाँ बिक्रिका लागि राखीएका अधिकांस माछा भारतबाट ल्याइएको थियो । ल्याइएका ती माछा मरेका थीए । धुङदुङी गन्हाउने भइसकेका थीए । मरेका ती माछालाई नसड्ने औषधी हाली आइस बक्स भित्र हालेर राखीएको थियो । यसले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने भन्दै त्यस प्रकृतीका सबै माछा जफत गरियो ।

यसरी विभिन्न त्रुटी गरेर ब्यापार गरीरहेका ब्यापारी जसले मानव स्वास्थ्यमा समेत गम्भिर असर पारीरहेका छन् उनीहरुनै अनुगमनमा आएका सरकारी कर्मचारी तथा जनप्रतिनिधीसँग थर्कमान तरिकाले प्रस्तुत भइरहेका थीए । लाग्छ उनीहरुको पसलमा सरकारको कुनैपनि निकाय जानै हुँदैन । जे जे गरेर र जसरी जसरी व्यापार गरेपनि सरकार रमिते मात्रै बनिदिनु पर्ने ।

ब्यापारीले बिभिन्न दावी गरेपनि अनुगमनमा गएको टोलीले ती माछा भारतीय नै रहेको सरकारी मापदण्ड बाहेक बिक्रि गरेको प्रमाणीत गरिदियो । त्यसपछि ती सबै माछा नगरको टोलीले जफत गर्यो । मानव स्वास्थ्यमा असर पार्ने कुनैपनि सामाग्री बिक्रि वितरण हुन्छ भने त्यसमा दमक नगरपालिका निर्मम भएर लाग्ने भन्दै अनुगमन समिती संयोजक समेत रहनु भएकी दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।

दृष्य दुई

दमकको नया तरकारी बजारको दक्षीण तर्फ रहेको माछा तथा मासु बजार । यहाँ व्यापारीहरु ग्राहकको माग अनुसार माछा काटीरहेका थीए । प्याकीङ गर्दै थिए । तर एकाएक दमक नगरपाकिलाको अनुगमन टोली आइपुग्यो । अनी सोध्यो यो माछा कहाँको हो ? ब्यापारीले पहिलो जवाफ दिए , यो त लोकल हो , अनुगमन टोलीका प्रतिनीधीले अर्को सवाल सोधे लोकल हो भन्ने प्रमाणीत गराउनुस । अनी ती ब्यापारी अक्क न बक्क परे । किनकी उनीहरुले लोकल माछा भने पनि ती माछा लोकल अर्थात स्थानीय खाडीमा उत्पादन भएका थीएनन् । ती माछा नेपाल सरकारले प्रतिवबन्द लगाएको भारतीय माछा थियो । अर्को पटक पनि यसरी प्रतिबन्दीत माछा बिक्रि भएको थाह पाइएमा ब्यापारीका विरुद्धमा मुद्धानै चलाउने भन्दै उप प्रमुख प्रसाई यसरी प्रस्तुत हुनु भएको थियो ।

 

दृष्य तीन

यो दृष्य चाहि दमक चोकको हो । पूर्व पश्चिम राजमार्ग स्थित गणतन्त्र चोकको ठ्याक्कै दक्षिण तर्फ रहेको बजार । यहाँ चाहि खास कैफित भेटिएन । सायद यस अघी अनुगमन भएका ठाउँबाट सुचना लीग भएर यहाँका ब्यापारीले माछा लुकाएको हुनु पर्छ । यहाँ माछाको थाक राखेर सँधै माछा बेच्ने गरिन्थ्यो । तर आज अनुगमन टोली पुग्दा चाहि केहि थान माछा मात्रै अगाडी राखीएको थियो । त्यो साना आकारका । यहाँ माछा खरिद गरेको बिल ब्यापारीले देखाउन नसकेपछि विवाद भएको थियो ।

 

यस अघी पनि दमक बजारका माछा पसलहरुमा नगरपालिकाले अनुगमन गरेको थियो । बिगत एक वर्ष देखी भारतीय माछा बेच्न नपाउने, मरेका माछा बेच्न नपाउने, नेपालकै पनि मुंग्री माछा बेच्न नपाउने भन्दै नगरपालिकाले पटक पटक सुचना प्रकाशन गर्दै आएको थियो । सुचना प्रकाशन पछि व्यापारीलाई सचेत गराउँदै पटक पटक अनुगमन पनि भए । तर पनि व्यापारीले आफ्नो जीद्धिपना नछोडेपछि अहिले एक्सनमै उत्रनु परेको इलाका प्रशाषन कार्यालयका अधिकृत सुरेन्द्रराज दाहालले बताउनु भयो ।

 

पछिल्लो समय दमकको बजार अनुगमन गर्न निकै सकृयता देखिएको दमक नगरपालिका, अहिले मानव स्वास्थयको ध्यान दिएको र स्वच्छ नगर बनाउने अभियानमा लागेको प्रतिकृया दिदै छ । नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाई भन्नु हुन्छ हामी अझैपनि ब्यापारीहरुलाई सचेत मात्रै गराइरहेका छौ । अझै यस्ता कैफियत भेटीएमा मुद्धा चलाउने र दण्ड जरिवनानै गराउने गरिको एक्सन चाल्ने प्रतिवद्धता जनाउनु भएको छ ।

दमक नगरपालिकाले अहिले बजार अनुगमन गर्ने सम्बन्धमा कार्यविधि बनाइसकेको छ । सोहि कार्यविधिका आधारमा समिती बनाइ निरन्तर बजार अनुगमनमा निस्किरहेको छ । सो कार्यविधि अनुसार पसलमा कैफियत भेटिएमा नगद ५ हजार देखी ५० हजार रुपैँया सम्मको जरिवना र ३ वर्ष सम्मको जेल सजाय हुने प्रावधान रहेको नगरकी खाद्य निरिक्षक लक्ष्मी न्यौपानेले बताउनु भयो । त्यसैले न्यौपानेको सुझाव छ ‘बिना कैफियत ब्यापार गर्नुहास ।’

विभिन्न पसलमा गरिएको अनुगमनबाट बरामत भएका अखाद्ध माछालाई नगरको फोहोर मैला व्यवस्थापन गर्ने स्थानमा लागी नष्ट पारिएको छ ।

भिडियो

https://youtu.be/ftDftrerY8M

 

Share:

Facebook
Twitter
Email
WhatsApp