दमक/
झापाको दमक ७ स्थित पशुहाटमा आईतबार देखी सस्तो बजार लागी रहेको छ । यहाँ रहेको होलसेल व्यवसायी सघंले सस्तो बजार आयोजना गरेको हो ।
४० वटा स्टल रहेको यो बजारमा खास गरी रेडिमेड कपडा, जुत्ता चप्पल, कस्मेटीकका विभिन्न सामान एवं , झोला अनी ब्यागहरु पाइन्छ ।
यहाँ आउनेहरु भन्छन् हेर्दा बाञिहरको बजारमा राखेका जस्तै सामान छन् । तर मुल्य धेरैनै काम । यसले हामीजस्ता उपभोक्तालाई निकै राहत दियो ।
यसले उपभोक्तालाई मात्रै नभएर व्यवसायीलाई पनि सहज बनाएको छ । खास गरी यहाँ रहेको होलसेल व्यवसायीहरुको लामो समय देखी गोदाममा थन्केका सामानले बजार पायो । मुल्य कम पाएपनि त्यसबाट आएको पैसालाई चलायमान पार्न सकियो । ओगटीएको ठाउँ खाली भयो । त्यहाँ अरु सामान हाल्न सहज भयो । बिक्दैन भनेर राखीएका सामानलाई कम मुल्यमा भएपनि बिक्रि गर्न पाइयो ।
पछिल्लो समय बजारमा ग्राहकहरु क्म आउने गरेका छन् । पर्याप्त पैसा नभएका कारण खर्च गर्ने मन हुदा हुदैपनि दिनानुदिन महगीदै गएको बजार मुल्यले सामान्य उपभोक्ता टाढी रहेका थीए । अहिलेको सस्तो बजार आयोजना गरेर उपभोक्ता र ब्यापारीको सम्बन्ध विकास समेत गराउन मद्यत पुगेको आयोजकले जनाएको छ ।
बाहिर ३ हजार रुपैँया सम्म पर्ने सामान यहाँ ३ सय देखी १ हजार सम्म पाइइने गरेको छ । जसले गर्दा यहाँ सबै खाले उपभोक्ताले आफ्नो पहुँच पनि बिस्तार गर्न सकेका छन् ।
भीडियो हेरौ
https://youtu.be/ktGScbLmvnI










