दमक/
सहकारीहरुका अहिले जन विस्वास घट्दो छ । जन विस्वास मात्रै नभएर सदस्यहरुमा समेत विस्वास हुन छोड्यो । सदस्यहरुको सहकारी चाहि कुन हो भन्ने कुराको पनि दुविधा छ । एउटै सदस्यकहाँ दर्जनौ सहकारीका पासबुकहरु छन् । सबै सहकारीमा त्यहि सदस्यले बचत पनि गर्छ । ऋण पनि लिन्छ । अनी उसको सहकारी चाहि खासमा कुन हो ? भन्ने आफैमा दुविधा छ । यसरी सहकारीहरुले अन्दाधुन्द सदस्यता दिनु र अस्वस्थ प्रतिस्पर्धा गराएका कारण पनि सहकारीमा समस्या आएको नेप्स्कुनको निवर्तमान कोषाध्यक्ष केशवर प्रसाद पोखरेले बताउनु भयो ।
यस्तै उहाँले अधिकांस सहकारीहरुले दैनिक तथा ऐच्छिक बचत मात्रै गर्न ध्यान दिदा पनि सहकारीहरुमा समस्या आएको उल्लेख गर्नु भयो । उहाँ भन्नु हुन्छ ‘दिर्घकालीन बचत गर्ने र गराउने प्याकेज निकै कम तर अहिलेनै मुनाफा दिइहाल्ने जस्ता प्याकेज धेरै । जसले गर्दा अल्पकालीन बचत धेरै भयो । सहकारीरीहरुका बारेमा केहि हल्ला चल्ने बित्तीकै ती बचतकर्ता आफ्नो बचत फिर्ता गर्न आइहाल्छन् अनी भएको पैसा सबै सकिन्छ । सहकारी त टाट पल्ट्यो भन्नु पर्ने स्थिती आउछ । उहाँले बताउनु भयो ।
केहि सहकारीहरु परिवार केन्द्रित भएर चले । एउटा स्वार्थ लक्षीत भएर चले । आफ्नो स्वार्थ पुरा नभए सम्म सञ्चालन गरे । स्वार्थ पुरा भएपछि त्यसमा आर्थीक अपचलन गरे । अनी बन्द गरेर फरार भए । त्यसैले सहकारीहरु समुदाय केन्द्रित हुन नसक्दा पनि सहकारीमा संकट आएको पोखरेलेको प्रष्टाई छ । ्
त्यसैले अव सहकारीहरुले आफ्नो खास कायमै राख्ने हो र समाजले पत्याउने बन्ने हो भने एकिकरण बाहेक अन्य केहि विकल्पै नरहेको उहाँले उल्लेख गर्नु भयो । एकिकरण गर्दा सस्थाको पुजी बढ्नुका साथै सदस्यहरुको आर्थीक स्थर समेत सुधार हुने र कम कर्मचारीमा बृहत सेवा दिन समेत सकिने भएकोले सहकारीहरु एकिकरण हुनु जरुरी रहेको उहाँको सुझाव छ ।
दमक नगरपालिकाले सोमबार सहकारी सस्थाहरुको एकिकरणको आवश्यकता र महत्व बारेमा गरेको अभिमुखी करण कार्यक्रमका क्रममा पोखरेलले यस्तो बताउनु भएको हो । कार्यक्रममा दमकमा रहेको बिभिन्न सहकारी सस्थामा आवद्ध सञ्चालक समितीका पदाधिकारी, तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।
भिडियोमा हेरौ