काठमाडौ/
अहिले एउटा उखान खुव चर्चा हुन थालेको छ । पैसा कमाउन कि रोगी बन्नु पर्छ कि जोगी , रोगी बनेर तीनका नाममा चन्दा उठाइदिने समाजमा खुव भेटिन्छन् अनी जोगीको भेषमा दक्षिणा उठाउनेहरु पनि ।
आजको पावर रिपोर्टमा चर्चा गर्न खोजीएको एउटा त्यस्तै विषय हो , जुन रोगीको नभएर एक जोगीको ।
नाम राम बहादुर बमजम उर्फ लर्ड बुद्ध ।
यस कारण पक्राउ परेका हुन बमजम
बमजनको आश्रम गएका आफ्ना बुबा खोजिदिन भन्दै मकवानपुरका महेन्द्र वाइवा, छोरा खोजिदिन भन्दै बाराका हस्तबहादुर आलेमगर, दिदी खोजिदिन भन्दै मकवानपुरका विजय रूम्बा र बहिनी खोजिदिन भन्दै नुवाकोटकी गंगामाया तामाङले आ–आफ्ना जिल्लाका प्रहरी कार्यालयमा निवेदन दिएका थीए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ स्थित वनस्पति चोक बस्ने महेन्द्रले आफ्ना बुबा सञ्चलाल वाइवा बमजनको आश्रमबाट ४ वर्षदेखि बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिनु भएको थियो ।
सञ्चलालले २०७१, चैत १४ गते सिन्धुपाल्चोकको बडेगाउँस्थित बमजनको आश्रमबाट फोन गरेर १७ गते घर आउने बताएका गर्नु भएको थियो । बुबा १० दिनसम्म नआएपछि महेन्द्रले त्यही बेला प्रहरीमा उजुरी दिनु भएको थियो । उजुरी गरेको पर्सिपल्ट आफैं बुबालाई खोज्दै बमजनको सिन्धुपाल्चोक आश्रम पुगेका पुग्नु भयो । त्यहाँ पुगेपछि बुबा आश्रमबाट निस्किसकेको जवाफ पाएपछि त्यसयता उहाँले निकै सोधीखोजी गर्नु भयो तर जति सोधिखोजी गरे पनि बुबाको अत्तोपत्तो लागेन ।
त्यति बेला आश्रममै बस्ने चेलाहरूका अनुसार बमजनले कुट्दाकुट्दै सञ्चलालको ज्यान गएको थियो।
प्रहरीमा बमजनको आश्रमबाट परिवारका सदस्य हराएको भन्दै जाहेरी दिने अर्का व्यक्ति हुन् हेटौंडा, रंगशालाका विजय रूम्बा।
उनकी दिदी फूलमाया रूम्बालाई बमजनको आश्रममा डोल्मो नाम दिइएको थियो। डोल्मो २०६८ देखि बमजनको आश्रममा बस्दै आएकी थिइन्।
विजयका अनुसार उनले पछिल्लोपटक २०७१, माघमा सिन्धुपाल्चोकको बडेगाउँस्थित आश्रमबाट घरमा सम्पर्क गरेकी थिइन्। त्यो बेला उनले आफूलाई छिट्टै भेट्न आउन आमाबुबालाई भनेकी थिइन्। उनीहरू जान पाएनन्। असारमा छोरी भेट्न गएका आमाबाबुले उनी आश्रमबाट फागुनमै निस्किएको जवाफ पाए। त्यसपछि विजयको परिवारले डोल्मोलाई खोजेको खोज्यै छ।
डोल्मोसँगै उनकी साथी नुवाकोटकी कर्मा तामाङ बेपत्ता छन्। बमजनको आश्रममा उनको नाम चुन्मो थियो। चुन्मोकी दिदी गंगामायाले नुवाकोट प्रहरीमा आश्रमबाट बेपत्ता भएकी आफ्नी बहिनी खोजिदिन भन्दै जाहेरी दिएकी दिनु भएको थियो ।
बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।
बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्। बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्।
आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ।
आफूलाई हुँदै बमजनले बलात्कार गरेको भन्दै गंगामायाले दिएको उजुरी पछि प्रहरीले सर्लाही जिल्ला अदालतमा मुद्दा लगेको छ। उक्त मुद्दा मा उनलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको थियो।
कसरी पक्राउ परे बमजम
लामो समयदेखी फरारको सुचिमा रहेका बमजनलाई मंगलबार राती हात्तीगैडाबाट सिआइबिको टोलीले उनलाई पक्राउ गर्यो । पटक पटकको प्रयासमा पनि बम्जनलाई सीआईबीले पक्राउ गर्न असफल हुँदै आएको थियो। तर यस पटक उनी काठमाडौंक हात्तीगौंडास्थित घरबाटै समातिएका छन्।
सीआईबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हामफालेर भाग्न तम्तयार भइसकेका थिए। तर सीआईबीले अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई उम्किन दिएन।
सीआईबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेसन ब्लु’ चलाइएको थियो। सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेसन ब्लु’ चलाएर बम्जनलाई पक्राउ गर्ज सफल भइएको हो ।
बमजमको घरमै नगद ३ करोड बढि रकम, मोवाईल मात्रै १४ वटा
बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाण बराबरको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ । प्रहरीका अनुसार बरामद दसीमा मोबाइलबाहेक ३ वटा मोटरसाइकलको बिलबुल रहेका छन् । यस्तै गाडीको चाबी १ थान, विभिन्न ब्राण्डको पेनड्राइभ २० थान, भोइस रेकर्डर १ थान, विभिन्न ब्राण्डको मेमोरी कार्ड २ थान, आईप्याड र ट्याब ५ थान र अन्य मागजातहरु बरामद भएको सीआईबीले जनाएको छ ।
भिडियोमा हेरौ