बैंकका ऋणीहरुको पीडा, बिहान बेलुका खाना खाने पैसा छैन कसरी पुष मसान्त टार्नु (भिडियोमा हेरौ)

Add a heading (13)

दमक/
अहिले व्यापार नचलेर व्यापारी छटपटीरहेका छन् । यही छटपटीपनामा वर्षको चौमासीक मध्येको पुस महिना छ । यसको अन्त्य हुन लागेको अर्थात पुष मसान्त आउन लागेकोले बैंकबाट लिएको ऋणको न्यूनतम व्याज मात्रै भएपनि तीर्नै पर्ने बैङकीङ प्रावधान छ । तर व्यापारी आफ्नो मासीक किस्ता त परको कुरा व्यापार नचलेको भन्दै बिहान बेलुकाको छाक टार्ननै धौ धौ भइरहेको भन्दै प्रतिकृया दिइरहेका छन् ।
साथै बैंकहरुले लगानी गरेको समय पछि निरन्तर ब्याज बढाइरहेको र ब्यापारीलाई तीर्न झन भन अप्ठ्यारो पारीरहेकोले पनि ब्यापारीहरुलाई संकट आएको उनीहरुको भनाई छ ।
यसको दिगो समाधान गर्न भन्दै अहिले देशव्यापी रुपमा गठन गरेर परिचानल भइरहेको राष्ट्र, राष्ट्रियता, धर्म सस्कृती र नागरीक बचाउँ अभियनले गतिविधि गरिरहेको छ । यसै क्रममा बिहिबार झापाको दमकमा यो अभियानमा आवद्ध भएकाहरुको सामान्य भेला भयो । उनीहरुले दमक कार्यक्षेत्र बनाएका बिभिन्न बैक तथा वित्तीय सस्थाहरुलाई छलफलमा निमन्त्रणा समेत गरेका थीए । बैकंका कोहि पनि प्रतिनिधी सो भेला तथा छलफलमा आएनन् । आफ्ना पीडा सुन्ननै नचाहेको भन्दै छलफलमा आएका अभियानका प्रतिनीधीहरु रुष्ट बने ।

समस्यामा परेको व्यापारीले बोलाएको बेला बैंक तथा बित्तीय सस्थाका प्रतिनिधी नआएको भन्दै उनीहरुले आक्रोस समेत पोखेका थीए । अहिले ब्यापारीको समस्या समाधान गर्न निराकरणका केहि उपाय ननिकाल्ने हो भने दमकका बैकहरुका विरुद्धमा कडा रुपमा उत्रने भन्दै उनीहरुले चेतावनी पनि दिएका छन् ।

ऋण नभएको ब्यापारी सायदै बिरलै होलान । तर यो अभियानमा सबै व्यापारी खुलेर लागेका छैनन । यो अभियान चलेपछि बैंकहरुको मनोमौजी हटेको तथा ऋणीहरुले समेत आत्महत्या गर्ने क्रम रोकिएको अभियानमा लाग्नेहरुको दावी छ । त्यसैले ऋणीहरुले ऋण नतिर्ने भन्दा पनि निरन्तर बैक तथा बित्तिय सस्थाहरुले दिइरहेको मानसीक पीडाका बिरुद्धमा एकजुट हुन उनीहरुले ब्यापारीलाई अनुरोध गरेका छन् ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन