दमक/
झापाको कमल पाँचमा रहेको मंगलमय माद्यमिक विद्यालयले आफ्नो स्थापनाको ५२ औ वार्षिक उत्सव सम्पन्न गरेको छ ।
२०२८ सालको पृथ्वी जयन्तीकै दिन विद्यालय स्थापना भएकोले हरेक वर्ष यहि अवसरमा यसले वार्षिक उत्सव मनाउँदै आएको छ ।
कार्यक्रममा विद्यालयको प्रतिवेदन सार्वजनीक गर्दै प्रधानाध्यापक मोहन बगालेले विद्यालयमा रहेका बिभिन्न सवल पक्षहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँका अनुसार शिक्षक डायरीको प्रयोग,शिक्षक तथा कर्मचारीबिच एकता, विद्यार्थी तथा शिक्षक लक बुक, विभिन्न विषयमा सुचना तथा सन्देशमुलक गतिविधि लेख्ने तीनवटा सुचना पार्टि, स्मार्ट कक्षा, सुविधा सम्पन्न कम्प्यूटर कक्षा लगायत रहेका छन् ।
विद्यालयले आर्थीक वर्ष २०७९÷८० मा विभिन्न शिर्षक मार्फत ४ करोड ९२ लाख २३ हजार ४ सय ३२ रुपैँया आम्दानी गरेको र तोकिएका शिर्षकमा ३ करोड ६६ लाख २ हजार ३ सय ८६ रुपैँया खर्च गरी १ करोड २६ लाख २१ हजार ४६ रुपैँया कोषमा बचत समेत गर्न सकेको विवरण प्रधानाध्यापक बगालेले सार्वजनीक गर्नु भयो ।
विद्यालयले शैक्षिक रुपमा पनि सुधार गर्दै आएको विवरण पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । बगालेले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार बिगत १० वर्ष देखी विद्यालयको शैक्षिक गुणस्तर निरन्तर बृद्धि हुदै गएको छ । जसको तथ्यांक एस इ इ परिक्षामा उत्तीर्ण हुने विद्यार्थीको संख्यालाई आधार मानीएको छ ।
तथ्यांक अनुसार विद्यालयबाट २०६८ सालमा जम्मा ६६ जना मात्रै विद्यार्थीले एस इइ परिक्षा उत्तीर्ण गरेकोमा त्यसको संख्या निरन्तर बढ्दै पछिल्ल्लो वर्ष १ सय ४४ पुगेको छ ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका शिक्षक, प्रशाषन, अभिभावक, विद्यार्थी, व्यवस्थापन समिती, स्थानिय सरकार तथा यहाँ रहेका सबै राजनैतिक दलहरुको भूमिका रहेको पनि उहाँले उल्लेख गर्नु भयो ।
बगालेले प्रस्तुत गर्नु भएको प्रतिवेदनको भिडियो हेरौ
कार्यक्रममा विभिन्न उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । यसै गरी जग्गा दाता तथा भवन तथा विभिन्न संरचना निर्माण गर्न सहयोग गर्ने व्यक्ति तथा सस्थाहरुलाई पनि सम्मान गरिएको थियो । यसै गरि दुईजना उत्कृष्ट अभिभावकलाई समेत विद्यालयले सम्मान गरेको छ ।