दमक/
बिहानको समय । फुरुरुरु हुस्सु चलिरहेको छ । हुस्सु कम कम भएपनि चिसो हावा चलिरहेको छ । बिभिन्न काम र व्यस्ताताले गर्दा घर बाहिर निस्कनै पर्ने बाध्यता पनि छ । यस्तो शरिर ढाक्ने पुरै कपडा लगाइएपनि त्यसले बाहरी छालालाई मात्रै केहि न्यानो पारिरहेको हुन्छ । भित्र भित्रै जाडोले कठ्यांग्री रहेको हुन्छ । चिसो भएर हातले केहि समाउनै नसक्ने स्थिती बनाएको छ । यस्तो बेलामा हातमा केहि तातो खाने कुराको परिकार परेपछि जो सुकैको रुचि को परिकार नहुने कुरै भएन । यो त्यहि परिकार हो भक्का ।
चामललाई मसीनो गरि पिधेर बनाइएको पिठोबाट यो परिकार बन्छ । साधरणतया यसमा केहि पनि मिसाउन समेत नपर्ने भएकोले एकै स्वादको भक्का सर्वत्र पाइन्छ ।
माटोको भाडामो पानी तताएर राखीन्छ । त्यसलाई खट खटी उमालीन्छ । जतिसक्दो धेरै बाफ आइरहने गरि त्यो पानी पकाइन्छ । पानी तताइएको भाडाको मुख पट्टि माटोको एटउटा फक्गेलो हुन्छ । जसको बिचमा भ्वाङ परिएको हुन्छ । त्यो भ्वाङबाट चाहि भाडाभित्रको उम्लेको पानीको बाफ मज्जासँग बाहिर आओस भन्न बनाइएको हो ।
त्यो भ्वाङलाई छोप्ने गरिको सानो कचौराले चामलको पीठो हालीन्छ । त्यसलाई अर्को कचौराले कम्तिमा २÷३ मिनेट राखीन्छ । त्यसपछि पानीको बाफैले त्यो खान तयार भक्का बन्छ ।
यसरी तयार भएको भक्का कसैले नुन खुर्सानीसँग , कसैले, अचार त कसैले, चिया अनी दुध तथा आ आफ्नो स्वाद अनुसार खाने गर्छन ।
बिहान ३ देखी ४ बजे सम्ममा भक्का बेच्नेहरु सडकको किनारमा आएर बसी सक्छन् । बिहानको बढिमा १० बजे सम्ममा उनीहरुले पिसाएर ल्याएको पिठो सक्छन । यत्तीञ्जेलमा उनीहरुले ३ हजार रुपैँया सम्मको व्यापार गर्ने गर्छन ।
पछिल्लो समय भक्कालाई राजबंशी समुदायले आफ्नो जातीय ब्राण्ड रहेको भनेर प्रचार गर्न थालेको छ । त्यसैले केहि वर्षयता भक्का सम्बन्धीको दिवसनै बनाएर झापामा भव्य कार्यक्रम गरि मनाउन थालीएको छ ।
भक्का कसरी खान थालीयो ? के यो भक्का राजवंशीको जातीय परिकार हो ? लगायत बारेमा हामीले यस सम्बन्धीका जानकार झापा कमल स्थित लखनपुरका नित्यानन्द ताजपुरीया भन्नु हुन्छ ‘भक्का नेपालको पूर्वि तराईमा रहेका मुल बासीको परिकार हो । ’ यो कुनै एक जाती विषेश मात्रै नरहेको बताउँदै ताजपुरीया भन्नु हुन्छ ‘यहाँ रहेका राजबंशी, ताजपुरीया, गनगाई , मेचे सबैको परिकार हो । ’
चिसो मौसममा यसले शरिरमा तापक्रम प्रदान गर्ने भएकोले भक्का खान थालीएको उहाँले स्मरण गर्दै भन्नु भयो ‘ पहिला मंसिर, पुष र माघ तीन महिना निकै जाडो हुने गथ्र्यौ । त्यो बेला शरिरलाईलाई न्यानो पार्न सहजै बन्न सकिने र सबैले खान पनि सकिने भक्का बनाउन थालीएको हो । ’
रिपोर्ट र कुराकानी सहितको भिडियो हेरौ
https://youtu.be/HgJaU8-oh-M