दमक रतुवा पुलः २ करोड बढिमा मर्मत गर्न ठेक्का, सामान प्रयोगको गुणस्तरीयतामा भने प्रश्न(भिडियोमा हेरौ)

ratuwa pul jpg

दमक/

झापाको पूर्व पश्चिम राजमर्गमा पर्ने रतुवा नदिमा रहेको पुल अहिले धमाधम मर्मत भइरहेको छ । जसले गर्दा यहाँ एक तर्फि मात्रै आवागमन बनाइएको छ । पश्चिमबाट पूर्व जानेहरुहरुकालागि खोला भित्रबाट डाईभर्सन बनाइएको छ । डाईभर्सन पनि उती सुरक्षीत नभएका कारण केहि समय अघी एउटा ट्रिपर पल्टेको पनि थियो ।

यद्यपी पुल मर्मतको काम धमाधम चलिरहेको छ । यात्रुहरुले सास्ती खेपेरै जोखिम मोलेरै भएपनि डाईभर्सनबाटै यात्रा गरिरहेका छन् ।

तर यो पुल मर्मत गर्नकालागि भने लगाइएको ठेक्काको काम भने चित्त बुझ्दो नभएको गुनासो बढ्न थालेको छ । खासगरी यहाँ प्रयोग गरिने निर्माण सामाग्री मध्ये फलामे रड कम गुणस्तरको प्रयोग गर्ने गरिएको यही पुलबाट हिडने हरुले भेटेको बताएका छन् ।

ती रडहरु बाँङ्गीएका , खिया लागेका र कम गुणस्तरीयको प्रयोग गरिएको भन्ने जनगुनासो र्आपछि हामी यस बारेमा बुझ्न सडक डिभिजन कार्यालयमा पुग्यौ ।

कार्यालयले यो काम गर्नकालागि भनेर मोरङको बिराटनगरमा रहेको जोशीला निर्माण सेवालाई ठेक्काको जिम्मेवारी दिएको रहेछ । ठेकेदारले २ करोड ९७ हजार रुपैँयामा यो पुलको मर्मत गर्ने सम्झौता गरेको पत्रमा उल्लेख छ । पुल मर्मतको मापदण्ड र यसको कामको स्थितीका बारेमा सडक भिडिजन कार्यालयका इञ्जिनियर सुधिर झासँग हामीले उहाँको कार्यालयमै गएर प्रश्न गरेका छौ ।

 

पुलको स्पाम, सवबेस तथा स्पाम जोईनहरु जीणर् भएकाले यसको मर्मत गर्न ठेक्का लगाइएको कार्यालयले जनाएको छ । २०८० कार्तिक १२ गते काम सुरु गर्ने सम्झौता गरेको यो पुल मर्मतको काम आगामी वर्षको असार २० गते सम्ममा सकिसक्ने गरि सम्झौता गरेको छ ।

भिडियो हेरौ 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।