दमक क्याम्पसका विद्यार्थीको निशुल्क स्वास्थ्य शिविर , सुविधा केके ? (भिडियो हेरौ)

दमक/

दमक स्थित दमक बुहुमुखी क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । दुई दिन सम्म चल्ने यो शिविरमा आँखा र दातको परिक्षण गराइएको छ ।

स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा भएको स्वास्थ्य शिविरमा आँखा र दाँतको परिक्षण गराउन विद्यार्थीहरुको भीड निकै देखिन्थ्यो ।

 

कतिपय विद्यार्थीहरु आफ्नो स्वास्थ्य परिक्षण गर्न नसकिरहेको अथवा हेलचेक्राइ गरेर बसेकोले यो शिविर गराइएको स्ववियूले जनाएको छ । क्याम्पसको स्ववियू सदस्य वर्षा वास्तोलाका अनुसार शिविरमा विद्यार्थीहरुको उल्लासमय उपस्थिती रहेको छ । दाँत र आँखा दुवैमा विद्यार्थीहरुले देखाइरहनु भएको छ । यदी कुनै समस्या भएमा र थप उपचार गराउनु परेका यहाँ प्राविधिक सहयोग गर्नेहरुलाई विद्यार्थी परिचयपत्रको आधारमा छुट मिलाउने प्रबन्ध पनि गरिएको छ । यसले विद्यार्थीहरुको स्वास्थ्यमा पहुच बढाउनेमा उहाँ बिस्वस्त हुनुहुन्छ ।

 

शिविरमा दाँत तर्फ दमकमा रहेको ओम शान्त्ती डेण्टल हस्पिटल र आँखा तर्फ मेचि नेत्रालयले प्राविधिक सहयोग गरेका थीए । यो शिविर भोली अर्थात मंगलबार सम्म सञ्चालन हुने छ ।

भिडियोमा हेरौ

Share: