Search
Close this search box.

नगेन्द्रमणी न्यौपाने
दमक/
झापाको दमक १० सेतुमारीस्थित सेतुमारी साप्ताहिक कृषि तथा पशुहाट बजार स्थलमा दोस्रो पटक माटो पुराईको काम सम्पन्न भएको छ ।
वडा कार्यालय दमक १० को सहयोगमा सेतुमारी बजारको स्तरउन्नतीलागि बजार क्षेत्रमा दोस्रोपटक माटो पुराईको काम सम्पन्न भएको हो ।

 

गत कार्तिक २ गतेदेखी हरेक हप्ताको बिहिबार सेतुमारीमा साप्ताहिक कृषि तथा पशुहाट बजार लाग्दै आएको छ ।

आफ्नै उत्पादन आफ्नै बजार आयाअर्जनको आधार“ भन्ने मुल अभिप्रायले सेतुमारी बजार सन्चालनमा आएसगै दमकको दक्षिणी क्षेत्रका साथै कमल गाउँपालिकाको तल्लो भेग गौरादह नगरपालिकाको पश्चिम र मोरङको उर्लाबारीको दक्षिण रतुवामाई नगरपालिकाको उत्तरी क्षेत्रका सर्वसाधारण लाई कृषि उपज तथा पशुचौपाय का साथै दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीका लागि सहज हुँदै आएको छ ।

सेतुमारीमा एकदशक अघिनै साप्ताहिक हाट बजार सन्चालनमा आएको भएपनी सो बजारले निरन्तरता नपाउदा लामो समयसम्म बन्द रहेको थियो ।
सेतुमारीमा केहिमहिना अघिबाट दमक नगरपालिकाको सहयोगमा स्थानीयवासीको बिशेष पहलमा पुन साप्ताहिक हाट बजार सन्चालनमा आएसगै दमकको दक्षिणी भेगका साथै यस आसपासका छिमेकी गाउँका सर्वसाधारण लाई समेत सहजता मिलेको छ ।

 

सेतुमारीमा बजार सन्चालनकालागी यस अघिनै याहाका तिन जना दाताले निशुल्क ९ कट्ठा जग्गा प्रदान गरेका छ्न ।

Share:

Facebook
Twitter
Email
WhatsApp