दमक/
नेपाल, खोला, नदि तलाउमा धनी देश । भीर पाखाहरु भएर खोलाहरु बग्ने र हिमालको पानी झर्ने झरना समेत यहाँ भएकोले नेपाल जलविद्युत आयोजनाकालागि धेरै सम्भावना भएको देश हो ।
तर यहाँ यसरी जलविद्युतको जसरी सौयै उर्जामा लगानी छैन । जनलविद्युत आयोजनाको सञ्चालक समितीमा समेत बसेर काम गर्नु भएका झापाका अभियान्ता रामचन्द्र उप्रेती भन्नु हुन्छ जलविद्युतमा भन्दा कम लगानी सौर्य उर्जामा हुने रहेछ । उत्पादन पनि छिटो दिने रहेछ ।
झापाको शिवशताक्षी नगरपालिकामा निर्माण सम्पन्न राष्ट्रिय प्रसारणको लाईनमा समेत जोडि सकेको सौर्य उर्जाको गौरवशाली परियोजना झापा इनर्जी लि.को सञ्चालक समेत रहनु भएका उप्रेती भन्नु हुन्छ ‘कम पुजीमा पनि यो धेरैमात्रामा विद्युत उत्पादन गर्न सकिने रहेछ ।’ लगानीकर्ताहरुकालागि सौर्य उर्जा सुरक्षीत र भरपर्दो परियोजना रहेको उहाँको अनुभव छ ।
अहिले चिसो मौसम छ । बाक्लो हुस्सु समेत लाग्ने समय रहेकोले घाम कम्नी लाग्छ । यही घामको प्रकाशका कारण उर्जा उत्पादन हुने हो यहाँपनि । चहकीलो र पारीलो घाम लागेको बेला झापा इनर्जीले १० मेघावट सम्म उर्जा उत्पादन गर्न सक्छ । तर यस्तो चिसो मौसममा समेत यहाँबाट दैनिक ६ मेघावट विद्युत उत्पादन भइरहेकोले यसको प्रभावकारीता अझ बढ्न सक्ने दमक विद्युत प्राधिकरणका प्रमुख परितोस चौधरीको भनाई छ । उहाँका अनुसार यसले झापाको दक्षिण तर्फ कम भोल्टेज मात्रै प्रयोग गरिरनु परेको बाध्यातालाई समाधान गर्ने विस्वास गनु हुन्छ ।
झापा इजर्नी लि.को परियोजनास्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेशन एक किलोमिटरको दूरीमा छ । सबस्टेशनसम्म विद्युत पुर्याउन कम्पनी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरेको थियो । झापा इनर्जी लि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ । पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ । सोही स्थानमा सौर्य प्यानल राखिएको छ । सांसद एलपी साँवाको नेतृत्वमा रु ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर रहेको कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराईले जानकारी दिनु भयो ।
परियोजनाका परिकल्पनाकार तथा झापा क्षेत्र नं ४ का प्रतिनिधी सभा सदस्य एल पि सावा भन्नु हुन्छ समृद्धिका कुरा गर्नेहरु मात्रै निस्के । तर यसको थालनी गर्न काम गर्नु पर्छ भन्ने उदाहरण दिन यो परियोजना सुरु गरिएको हो । सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा भन्ने नारा तयर गरी यसमा आम नागरीकलाई समेत सहभागी गराएर परियोजना निर्माण गरिएको सांसद सावाले बताउनु भयो ।
आयोजनाको कुल लागत रु. ८५ करोड रहेको छ। जसमा संस्थापक पूँजी रु.२५ दशमलव १० करोड र बैंक कर्जा रु.५९ दशमलव ९० करोड गरी वित्तीय स्रोत व्यवस्था गरिएको छ । आयोजनाको विद्युत खरिद बिक्री संझौता २५ वर्षका लागि गरिए सकिएको छ । यसले बार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन गर्नेछ जसवाट वार्षिक आम्दानी रु.१२ करोड ८५ लाख हुने विस्वास गरिएको छ । यो परियोजनाको समुद्धघाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही माघ २३ गते मंंगलबार परियोजना स्थल आउदै हुनुहुन्छ । यसको सम्पूणर् तयारी पुरा भइसकेको बिहिबार परियोजना स्थलमै पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
भिडियोमा हेरौ









