गौरीगञ्जमा सञ्चालीत मेचि आखा अस्पतालको २४ घण्टे स्वास्थ्य सेवा कस्तो छ ?(भिडियोमा हेरौ)

Screenshot (349)

दमक/

नेपाल र भारतको सिमाना जोडीएको झापाको गौरीगञ्ज गाउँपालिकामा मेचि आखा अस्पतालले आफ्नो २४ घण्टे स्वास्थ्य सेवा तथा आखा उपचार सेवा सुरु गरेको छ ।

गाउँपालिकाको आधारभूत अस्पताल खजुरगाछीमा यसको औपचारीक उद्धघाटन भएपछि सिमावर्ती तथा दक्षिण तर्फका सेवा ग्राहीकालागि सहज हुने भएको छ ।

अस्पतालमा प्रशाषन प्रमुख आलोक श्रेष्ठका अनुसार यो सेवामा सेवा लिन आउनेहरुले आँखाको स्वास्थ्य परिक्षण मात्रै गराएनन् । सल्यकृया गर्नु पर्नेहरुले त्यो समेत निशुल्क सेवा पाएका छन् । आवश्यक पर्नेहरुलाई चस्मा समेत निशुल्क वितरण गरिएको छ ।

केहि समय देखीनै यही ओपीडीको सेवा समेत सुरु गरिने जनाइएको छ । यहाँ आँखाका सबै रोगको उपचार गरिनुका साथै कुनै ठुलो समस्या भएमा बिर्तामोडमा रहेको मुख्य अस्पतालमा पठाइने छ । अस्पतालका अध्यक्ष जलकुमार गुरुङका अनुसार यहाँ अव २४ सै घण्टा आँखाका सबै खाले उपचार हुने छ । शहरबाट केहि टाढा रहेका बासिन्दाहरुलाई यो उपचार सेवा केन्द्रले प्रत्यक्ष लाभ पुग्न सक्ने विस्वास गुरुङको छ ।

यो अस्पतालले झापाका बिभिन्न स्थान सहित झापा बाहिर समेत गरी १५ स्थानमा आफ्नो उपचार केन्द्र स्थापना गरि सकेको छ । खासगरी ग्रामीण क्षेत्रमा यसले आफ्नो उपचा केन्द्र विस्तार गर्ने क्रम बढाइरहेको बताइएको छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।