आम्दा अस्पतालमा दमक नगरको टोलीले केके देखे, अव के हुन्छ ?(भिडियोमा हेरौ)

दमक/

दमक अस्पतालका प्रशाषन प्रमुख सुमन कुमार नेपालले यहाँ निर्माणाधीन एन आइसियू भवनको बारेमा दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, उप प्रमुख रेगीना भट्टराई प्रसाई र अन्य सरोकारवालालाई ब्रीफिङ गर्नु भयो ।

दमक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. प्रकाश शर्माले अस्पतालका उपलब्ध पउपकरण र जनशक्तिको बारेमा जानकारी गराउनु भयो ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले आम्दा अस्पतालमा जेष्ठ नागरीककालागि सहज सेजा र विप्पन्न नागरिककालागि निशुल्क उपचारका गर्नेबारेमा सुझाव दिनु भयो ।

दमक नगरपालिकाकी उप प्रमुख रेगीना भट्टराई प्रसाईले नेपाल सरकारले बनाएको स्वास्थ्य सम्बन्धीको नितीलाई कसरी अस्पतालहरुमा पालना गराउन सकिन्छ भन्नेबारेमा जानकारी गराउनु भएको थियो ।
यी दृश्यहरु दमक नगरपाकिलाले यहाँ रहेको आम्दा अस्पतालमा देखाएको चासो र चिन्ताका हुन । अस्पतालबाट प्रवाह भइरहेका सेवाहरुका बारेमा जनप्रतिनधीको प्रत्यक्ष चासो रहेको थियो । जनप्रतिनिधीसँगै अस्पतलमा निरिक्षणमा पुग्नु भएका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईले यो अस्पतालबाट आमा सुरक्षा कार्यक्रम अत्यन्तै प्रभावकारी रुपमा सञ्चालन गरिरहेको पाइएको जानकारी दिनु भयो ।

दमक अस्पतलमा आमा सुरक्षा कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । यसले सुत्केरी हुन आउने आमाहरुलाई सहज भइरहेको छ । यसलाई थप प्रभावकारी बनाउन नगरपालिकाबाट प्राप्त सुझाव र निर्देशनलाई पालना गर्दै सेवालाई थप प्रभावकारी बनाइने मेडिकल सुपरिटेण्डेण्ट डा. शर्माले प्रतिवद्धता जनाउनु भयो ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई सरकारी स्वास्थ्य संस्था र सरकारी मान्यताप्राप्त निजी स्वास्थ्य संस्थामा निशुल्क सुत्केरी सेवाका साथै स्वास्थ्य संस्थामा सुत्केरी गराएवापत सुत्केरी भत्तासमेत दिने व्यवस्था गरिएको छ । तर सेवाग्राहीसँग नगरका टोलीले केहि औषधी चाहि किन्न परेको भन्ने गुनासो रहेको र ती खरिद गर्नु पर्ने औषधी पनि दमक नगरपालिकाबाट उपलब्ध गराउने गरी छलफल अघी बढाइने नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।

आम्दा अस्पताल दमकको अध्यक्ष समेत रहनु भएका दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले अस्पतालको सेवालाई थप गुणस्तरीय र सुविधाजनक बनाउन वार्षिक कार्यक्रम बनाएर अघी बढिने बताउनु भयो । त्यसो भएमा नगरले समेत निश्चित बजेट उपलब्ध गराएर अस्पताललाई निरन्तर सहयोग गर्न सक्ने उहाँको आषय थियो ।

आमा सुरक्षा कार्यक्रम लागु भएका अस्पतालहरुमा सामान्य अवस्थाको सुत्केरी गराउनेदेखि अपरेसनसम्मको अवस्था पूणर् रूपमा निःशुल्क हुनेछ । नर्मल सुत्केरीका लागि २ हजार ५ सय रुपैयाँ, जटिल अवस्थाको सुत्केरीको लागि ४ हजार रुपैयाँ, अपरेसन गर्नुपर्ने सुत्केरीको १० हजार रुपैयाँ र एनटीडी सुत्केरीको सेवाका लागि १० हजार रुपैयाँ शुल्क सरकारले तोकेको छ ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष