आम्दा अस्पतालमा दमक नगरको टोलीले केके देखे, अव के हुन्छ ?(भिडियोमा हेरौ)

lagu aushadh (1)

दमक/

दमक अस्पतालका प्रशाषन प्रमुख सुमन कुमार नेपालले यहाँ निर्माणाधीन एन आइसियू भवनको बारेमा दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, उप प्रमुख रेगीना भट्टराई प्रसाई र अन्य सरोकारवालालाई ब्रीफिङ गर्नु भयो ।

दमक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. प्रकाश शर्माले अस्पतालका उपलब्ध पउपकरण र जनशक्तिको बारेमा जानकारी गराउनु भयो ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले आम्दा अस्पतालमा जेष्ठ नागरीककालागि सहज सेजा र विप्पन्न नागरिककालागि निशुल्क उपचारका गर्नेबारेमा सुझाव दिनु भयो ।

दमक नगरपालिकाकी उप प्रमुख रेगीना भट्टराई प्रसाईले नेपाल सरकारले बनाएको स्वास्थ्य सम्बन्धीको नितीलाई कसरी अस्पतालहरुमा पालना गराउन सकिन्छ भन्नेबारेमा जानकारी गराउनु भएको थियो ।
यी दृश्यहरु दमक नगरपाकिलाले यहाँ रहेको आम्दा अस्पतालमा देखाएको चासो र चिन्ताका हुन । अस्पतालबाट प्रवाह भइरहेका सेवाहरुका बारेमा जनप्रतिनधीको प्रत्यक्ष चासो रहेको थियो । जनप्रतिनिधीसँगै अस्पतलमा निरिक्षणमा पुग्नु भएका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईले यो अस्पतालबाट आमा सुरक्षा कार्यक्रम अत्यन्तै प्रभावकारी रुपमा सञ्चालन गरिरहेको पाइएको जानकारी दिनु भयो ।

दमक अस्पतलमा आमा सुरक्षा कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । यसले सुत्केरी हुन आउने आमाहरुलाई सहज भइरहेको छ । यसलाई थप प्रभावकारी बनाउन नगरपालिकाबाट प्राप्त सुझाव र निर्देशनलाई पालना गर्दै सेवालाई थप प्रभावकारी बनाइने मेडिकल सुपरिटेण्डेण्ट डा. शर्माले प्रतिवद्धता जनाउनु भयो ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई सरकारी स्वास्थ्य संस्था र सरकारी मान्यताप्राप्त निजी स्वास्थ्य संस्थामा निशुल्क सुत्केरी सेवाका साथै स्वास्थ्य संस्थामा सुत्केरी गराएवापत सुत्केरी भत्तासमेत दिने व्यवस्था गरिएको छ । तर सेवाग्राहीसँग नगरका टोलीले केहि औषधी चाहि किन्न परेको भन्ने गुनासो रहेको र ती खरिद गर्नु पर्ने औषधी पनि दमक नगरपालिकाबाट उपलब्ध गराउने गरी छलफल अघी बढाइने नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।

आम्दा अस्पताल दमकको अध्यक्ष समेत रहनु भएका दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले अस्पतालको सेवालाई थप गुणस्तरीय र सुविधाजनक बनाउन वार्षिक कार्यक्रम बनाएर अघी बढिने बताउनु भयो । त्यसो भएमा नगरले समेत निश्चित बजेट उपलब्ध गराएर अस्पताललाई निरन्तर सहयोग गर्न सक्ने उहाँको आषय थियो ।

आमा सुरक्षा कार्यक्रम लागु भएका अस्पतालहरुमा सामान्य अवस्थाको सुत्केरी गराउनेदेखि अपरेसनसम्मको अवस्था पूणर् रूपमा निःशुल्क हुनेछ । नर्मल सुत्केरीका लागि २ हजार ५ सय रुपैयाँ, जटिल अवस्थाको सुत्केरीको लागि ४ हजार रुपैयाँ, अपरेसन गर्नुपर्ने सुत्केरीको १० हजार रुपैयाँ र एनटीडी सुत्केरीको सेवाका लागि १० हजार रुपैयाँ शुल्क सरकारले तोकेको छ ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन